• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

६० हजार घुससहित इन्जिनियर रंगेहात पक्राउ


फागुन ५, महेन्द्रनगर ।

कञ्चनपुरमा सब-इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिकाकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले सब-इन्जिनियर हृदयराज बजगाईलाई सेवाग्राहीबाट नगद रू. ६० हजार घुससहित आइतबार दिउँसो पक्राउ गरेको हो ।

अख्तियारको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए अनुसार ‘उनले एउटा निर्माण सम्पन्न भइसकेको कल्भर्टको बिल फरफारक गरिदिए बापत रकम मागेका रहेछन् ।’

अख्तियारको कञ्चनपुरस्थित कार्यालयले घुस लिएको अवस्थामा पक्राउ परेका सब-इन्जिनियरका विषयमा थप अनुसन्धान अघि बढाइरहेकाे छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते आइतवार