• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान बागचौरको ब्राइट रोज ल्यान्ड बोर्डिङ स्कुलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


फागुन ५, सल्यान ।

सल्यानको एक प्राइभेट स्कुलले प्रशिक्षक सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको बागचौर नगरपालिकाको केन्द्रबिन्दु बागचौरमा अवस्थित ब्राइट रोज ल्यान्ड बोर्डिङ स्कुलले शिक्षक, अभिभावक र प्रशिक्षक बिच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा शिक्षक, विध्यार्थी, अभिभावक र बिधालय विचको सम्बन्ध कसरी मजबुत र स्थायित्व गर्न सकिन्छ भन्नेबारे छलफल गरिएको थियो ।

शिक्षकको विद्यार्थी प्रती उत्तर दायित्वको विषयमा पनि अन्तरक्रिया भएको थियो ।

विद्यालयका सन्चालक एवम एम.डि. रामचन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रशिक्षक निर्मल लम्साल रहेका थिए । कार्यक्रममा अभिभावक संघका अध्यक्ष कमल ओली, प्याब्सन सल्यानका सचिव खिमराज डिसि र विद्यालयका प्रिन्सीपल इन्द्र बहादुर भन्डारी लगाएतको सहभागी रहेको थियो ।

विद्यालयलाई २१ सौँ सताब्दिको स्वरुपमा लैजान, गुणस्तरिय शिक्षा, प्राविधिक ज्ञान प्रवाह गरि नमुना बिध्यालय निर्माण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा अभिभावकको पनि उपस्थिति रहेको थियो । ४ घण्टा सम्म चलेको उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण बिध्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख तारादेव शर्माले गरेका थिए ।

आउँदो मङलबार देखि बौद्धिक स्मरण सक्त्ती कसरी बढाउने भन्ने बिषय वस्तु र हस्तलेखन कला विकास बारे बिध्यार्थीलाई एक हप्ते प्रशिक्षण तालिम दिने विद्यालयका प्रिन्सिपल इन्द्र ब. भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते आइतवार