• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

रक्सीको प्रचार गर्ने बुलबुल फिल्मकाे पोस्टर च्यात्न निर्देशन


फागुन ६, काठमाडौं ।

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टरमाथि प्रहरी नजर परेको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको छ ।

कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ ।

परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ । फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ६ गते सोमवार