• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

फागुन ८ गते दाङमा विद्युत लाइन नछुन आग्रह


फागुन ६, दाङ ।
दाङको पश्चिम क्षेत्रमा यहि फागुन ८ गते विद्युत लाइन नछुन आग्रह गरिएको छ ।

च्याटीखोला हापुरे देखी तुलसीपुुर सम्म ल्याउन लागीएको ३३ केभी प्रसारण लाईनको सम्पुर्ण तयारी पुरा भएको र ८ गते बिहीबार परिक्षण गरिने हँुदा लाइन नछुन नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले आग्रह गरेको छ । लाईन निर्माण भएको विद्युतिय संरचनामा नछुन तथा कुनै समस्या देखीएमा कार्यालयलाई जानकारी दिन अनुरोध गरिएको छ ।

हापुरे देखी कृष्णमन्दिर (गहतेखोला) तथा कृष्ण मन्दिर दुधरास सम्मको ३३ केभी प्रसारण लाईन निर्माणको सम्पुर्ण कार्य सम्पन्न भईसकेको केन्द्र प्रमुख दिपकजंग चौधरीले जानकारी दिएका छन् । आगामी बुधवारबाट सुचारु हुने उक्त प्रसारण लाईनको विहिवार विधिवत रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ६ गते सोमवार