• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

आधा आर्थीक बर्ष बित्दा सल्यानको कुमाख गाउँपालिकामा करिब २५ प्रतिशत काम भयो


फागुण ७, सल्यान ।
सल्यानको कुमाख गाउपालिकाले यस आर्थिक बर्षमा २४.९ प्रतिशत रकमको काम भैसकेको जनाएको छ ।

गाउँपालिकाले अर्धबार्षिक रुपमा गरेको कामको साजनकारी दिन र भैरहेका कामका बारेमा जनगुनासो सुन्न आयोजना गरेको अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा यसको जानकारी गराएको हो । पहिलो बर्षमा बत्ती र सडकको नियमितताकाको क्षेत्रमा देखिनेगरी काम गरेको गाउँपालिकाले यो बर्षपनि त्यसैगरी योजनाहरु अगाडि बढाएको जनाएको हो ।

सदरमुकामबाट उत्तर पश्चिमको दुर्गम क्षेत्रमा रहेको गाउपालिकामा यो बर्ष भएका कामका बारेमा दर्जनौ सहभागिले प्रश्न गरेका छन । उनिहरुले उपभोक्ता समितिबाट अनुगमनका नाममा कर्मचारीले रकम खाएको, स्वास्थ्यसंस्थाहरुमा औषधी अभाव भएको, विद्यालयमा शिक्षक नभएको, विद्यार्थीहरुले प्राविधिक शिक्षा पढ्न चाहेपनि विद्युत नहुदा पढ्न नपाएको, किसानहरुले व्यवसायिक रुपमा उत्पादन गरेका सामाग्रीहरुको बजारिकण नभएको जस्ता कुराहरु उठाएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले गाउँपालिकाको तर्फबाट भएका कामको बारेमा प्रश्न गर्ने अधिकार जनतामा भएको र बाहिर उठाउदै विरोध गर्ने असफल बनाउने अधिकार कसैलाई नभएको भन्दै यस्तै सामाजिक रुपमा हुने सार्वजनिक सुनुवाईमा उठाउनुपर्ने बताएकी छन । उनले गाउपालिकाले गरेका कामहरु प्रभावकारी भएपनि त्यसको प्रचारका हिसावले जनतामाझ लिन नसकेको र केहि कामहरु गर्दा समस्या देखिएपनि ति समस्यालाई समाजमा छलफल गरेर समाधान गर्ने गरिएको बताए ।

उपाध्यक्ष डिल्लीराज जैसीले गाउपालिकाले गरेका कामका बारेमा पश्न गर्ने अधिकार सबैलाई भएकाले यस्तो सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको बताए । उनले बाहिर कुरा काट्नुभन्दा यस्ता कार्यक्रम वा गाउपालिकामा लिखित निवेदन दिनुपर्ने जनाएका छन ।

कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत विनोद अधिकारीले ५ पेजको अर्धबार्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए । उनले गाउपालिकाले कृषि, पशु, शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद व्यवस्थापन, सेवाप्रवाह, पुर्वाधार विकास र वडागत विवरणका साथमा खर्च विवरण पनि प्रस्तुत गरेका थिए ।

गाउँपालिकाको आर्थिक सहयोग र कुमाख मिडिया ग्रुपको सहकायर्मा उज्यालो सञ्चार केन्द्रले कार्यक्रमको आयोजना गरेको हो । भने कार्यक्रमको सहजीकरण रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावतले गरेका थिए ।

चालु आर्थाीक बर्षको यस अवधिमा गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि व्यवसायिक तरकारी खेतीमा जोड दिएको, पशुसेवातर्फ भैंसिलाई सुत्केरी भत्ता तथा पशु स्वास्थ्य शिविर गरेको, शिक्षातर्फ शैक्षिक क्यालेन्डर बनाई शैक्षिक क्रियाकलापमा जोड दिदै स्वयंसेवक शिक्षक व्यवस्थापन र दरबन्दी मिलानका कामहरु गर्ने गरेको जानकारी दिइएको छ ।

त्यस्तै स्वास्थ्यतर्फ १० हजार बढिले स्वास्थ्य सेवा लिनुका साथै सामुदायिक स्वास्थ्यकेन्द्र सञ्चालन गरेको, बाढि पहिरोको विपदमा परेका १३ जनालाई राहत दिएको, वडा कार्यालयको भवन निर्माण शुरु गरेको, विद्युत तथा ईन्टरनेट जडान गरी प्रविधिमैत्री गाउपालिका बनाएको, गाउँपालिका जोड्ने ५ कि‍.मी. बाटो निर्माण गरेको र उपभोक्ताहरुलाई समयमै क्षमता विकास तालिम सञ्चालन गर्नुका साथै सामाजिक सुरक्षाभत्ता प्राप्त गर्नेहरुको विवरण अनलाईनमा इन्ट्री गर्न शुरू गरिएको जनाइएको छ ।

गाउँपालिकाको प्रगति प्रतिवेदन अनुसार राजश्व निकै कम उठेको जानकारी गराईएको थियो । त्यसैगरी प्रथम चौमाशिकमा खासै काम नभएको, दोस्रो चौमाशिक सुरु हुनेवेला कामको सम्झौता भई कामको शूरुवात मात्र हुने अवस्थाका कारण बजेट खर्चमा भने प्रगति नभएको बताईएको छ । । कार्यक्रममा अन्य विभिन्न वडाका वडाध्यक्षहरु, शिक्षक, पत्रकार, बुद्धिजीवी, विभिन्न वडाबाट आएका सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार