• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

श्रीमान बिदेश हुँदा सल्यानमा अरुसँग अनैतिक सम्बन्ध राख्दा जन्माएको बच्चाको हत्या


फागुन ७, सल्यान ।

सल्यानमा अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने आमालाई पक्राउ गरिएको छ ।

दार्मा १ विष्टगाउँ कि २० बर्षिया लालमाया बुढामगर र दार्मा २ किमटाकुरा का ३३ बर्षक केशब सुनारलाइ प्रहरीले पक्राउ गरी अनुसन्धान पश्चात जिल्ला अदालतमा पेश गरिएका हो ।

श्रीमान राजेन्द्र विष्ट २ बर्षदेखि वैदेशिक रोजगारमा रहेको भएपनि बुढामगर सुनारसंग अबैध सम्बन्ध राखेको र गर्वधारणबाट जन्मिएको शिशुको हत्या गरेको खुलेको हो । घर नजिकको गहुँ बारीमा खाल्डो खनि गाडेको सुचनाको आधारमा बुढामगरलाई पक्राउ गरी अनुसन्धान गर्दा सुनारसँग अनैतिक सम्बन्ध भएर घटना भएको खुलेको हो ।

माघ १६ गते राति बच्चा जन्माई जानिजानि भुईतलामा छोडी आफु माथिल्लो तलामा गई सुतेको र भोली पल्ट विहान शिशु मृत शिशुको लाश खाल्डोमा गाडेको खुलेको सल्यान प्रहरीले जनाएको छ ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार