• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

बैंकहरुको चर्को ब्याजदर घटाउन सल्यान उद्योग वाणिज्य संघको माग


फागुन ८, सल्यान ।
सल्यान उद्योग वाणिज्य संघले उत्पादनमूलक उद्योगलाई लाग्दै आएको ब्याज घटाउन माग गरेको छ ।

संघका अध्यक्ष बिर बहादुर चलाउने तथा महासचिब भरत बस्नेतले एक विज्ञप्ती सार्वजनिक बैंक तथा वित्तिय संस्थाहरुले एकतर्फी रुपले व्याजदरमा गरेको अत्याधिक बृद्धि प्रति निजि क्षेत्रको छाता संगठनले ध्यान आकर्षण भएको जनाएको छ । पछिल्लो समय व्याजमा भएको अत्यधिक बृद्धिले उद्योग व्यवसाय क्षेत्रमा लागत बृद्धि हुन गई व्यवसायमा समेत हा्रस आईरहेको छ ।

जसले गर्दा उद्योग व्यवसाय दिन प्रति दिन प्रतिष्पर्धा गर्नुको साटो बन्द हुने अबस्था श्रृजना भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “उद्योग व्यवसाय संचालन गर्ना लागि सहुलियत पूर्ण औधोगिक ऋण प्राप्त गर्न पनि पहुचका आधारमा मात्र पाईने समस्याहरुले यसवाट व्यवसायीक गतिविधीमा ब्यापक असर पारिरहेको अबस्थामा पनि बैंक तथा वित्तिय संस्थाहरुको ध्यानाकर्षण गराउन चाहान्छौ,”– विज्ञप्तीमा भनिएको छ ।

पछिल्लो समयमा उद्योग बाणिज्य महासंघ लगायत बिभिन्न सरोकारवाला निकायले बैक तथा बित्तिय संस्थाको चर्को ब्याजदर घटाउनु पर्ने भन्दै आन्दोलन गर्ने चेतावनी दिई रहेका छन ।

हेर्नुहोस् विज्ञप्ती

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार