• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा गाडीको ठक्करबाट घाईते भएका एक पीडित पक्षलाई ३ बर्षपछि बिमाको रकम दिइयो


फागुन ८, सल्यान ।

सल्यानमा गाडीले ठक्कर दिएर घाईते भएकी एक महिलालाई बिमाको रकम प्रदान गरिएको छ ।

२०७२ माघ २३ गते जिल्लाको शारदा नगरपालिका १ शान्तीनगरमा मोटरसाइकल लाई ठक्कर दिदा घाईते भएकी स्थानीय सोभा खड्कालाई ३ बर्षपछि बिमाको रकम दिइएको हो । सल्यान रुकुम यातायात ब्यवसाय समिती सल्यान द्वारा संचालित ना ३ ख ३९७९ नम्बरको यात्रुबाहक ३ बर्षअघि उनलाई ठक्कर दिएर घाइते बनाएको थियो ।

घाइतेका आफन्तले उपचार खर्च पाउनु पर्ने भन्दै समितिमा निवेदन पेश गरेका थिए । पीडितको निवेदनको आधारमा सल्यान रुकुम यातायात ब्यवसायी समितिको विषेश पहलमा २ लाख ३८ हजार रकम बिमा बाट निकाली घाइते खड्काका बुवा इन्द्र बहादुर खड्कालाई हस्तान्तरण गरीएको समितीले जानकारी दिएको छ ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्जले उक्त रकम सल्यान रुकुम यातायात ब्यवसायी समितीलाई पठाइएको थियो । सोहि रकम पीडितलाई आफुले हस्तान्तरण गरेको समितीका कोषाध्यक्ष रन्जितकुमार राईले बताए ।

घटनाको प्रकृतिले बिरामीले पाउनु पर्ने रकम केहि समय पछि मात्र निकाल्न आफुहरु सफल भएको उनले बताए । रकमको लागी पीडित पक्ष धैर्य गरेर बसेको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार