• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

स्थानीय सभाको बैठक सल्यानको छत्रेश्वरी ६ मा सम्पन्न


फागुन ८, सल्यान ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सल्यानको छत्रेश्वरी ६ मा स्थानीय सभाको बैठक बुधबार सम्पन्न भएको छ ।

मानब अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस सल्यानको आयोजना तथा छत्रेश्वरी गाउँपालिका वडा नं ६ को सहकार्यमा वडा नं ६ का वडा अध्यक्ष एवं स्थानिय सभाका अध्यक्ष चुडामणी दसौदीको अध्यक्षतमा सुरु भएको बैठकको सहजिकरण हरप्लेस सल्यानका जिल्ला अधिकृत दिपेन्द्र शाहीले गरेका थिए ।

३÷३ महिनाको फरकमा बस्ने बैठकले बुधबार शिक्षाका सवालमा छलफल गरी छत्रेश्वरी गाउँपालिका सल्यानको शिक्षाको सुधार गर्नका लागी गाउँपालिका स्तरिय शिक्षण सामग्राी निमार्ण तालिमको आयोजना गरिने शिक्षा शाखा प्रमुख दल बहादुर रानाले बताएका थिए भने स्वास्थ्य अन्र्तगत त्रि. ज.मा.बिमा तत्काल बिध्यार्थी बिरामी भएको खण्डमा स्वास्थ्य चौकिसम्म बिरामी लैजानकालागी स्टेचरको तुरुत्न ब्यवस्था गर्ने र क्रमस सबै बिद्यालयमा ब्यवस्था गरिने स्वास्थ्य शाखा प्रमुख अम्मर राज शर्माले प्रतिबद्धता गरेका थिए ।

त्यस्तै अन्य निर्णयहरुमा गाउँपालिकामा पशुहरुमा कृतिम गर्भाधान सेवा संचालन गर्ने, पशु बिमा प्रभाबकारी बनाउने,लघु बित्त सेवामा एकरुपता ल्याउने, त्रि.ज.मा.बिमा कम्यूटर ल्याब सेवा संचालन गर्ने जस्ता मह्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको थियो भने बैठकमा बिषयगत शाखाका प्रमुख एवं प्रतिनिधि, स्थानिय सभाका सदस्यहरुको सहभागीता रहेको थियो । ,

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार