• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सुदूरपश्चिम पुगेर प्रचण्डले भने– “सुदूरपश्चिमकै गड्डाचौकीबाट रेलमार्ग बन्नुपर्छ”


फागुन ९, धनगढी ।

बुधबार सुदूरपश्चिम पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेलमार्ग बन्दा सुदूरपश्चिम प्रदेशको गड्डाचौकीबाट बन्नुपर्ने प्रस्तव अघि सारेका छन् । सुदुरपश्चिमको धनगढीमा आयोजना गरिएको (नेकपा) सुदूरपश्चिम प्रदेश स्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो प्रस्ताव ल्याएका हुन् ।

सुदूरपश्चिम पुरानो राज्यसत्ताबाट हेपिएको प्रदेश भएको उल्लेख गर्दै उनले भने, ‘अबको विकासको थालनी सुदूरपश्चिमबाट हुनुपर्छ । विद्रोह होस् या आन्दोलन होस् यो क्षेत्रका जनताले खेलेको भूमिका महत्वपूर्ण छ । त्यसैले यस क्षेत्रका जनताले आफ्नो हिस्सा चुक्ता गरिसकेको छ । विश्वविद्यालय स्थापनाका कुरा हुन् या ठूला परियोजनाका कुरा, यी सबै यो प्रदेशबाट सुरु हुनुपर्छ’ उनले भने, ‘जति पनि विकासको सुरुवात होस यस क्षेत्रबाट होस् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबैभन्दा पछाडि परेका वर्ग समुदायलाई सम्बोधन गर्ने गरी अघि बढे मात्र परिवर्तनको औचित्य सिद्ध गर्न सकिनेमा जोड दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार