• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानको एक विद्यालयमा विद्यार्थीहरुले खाजा खाने पैसा खुत्रुकेमा बचत गर्छन्


फागुन ९, सल्यान ।

सल्यानको एक विद्यालयका बालबालीकाले खाजाको लागी प्रयोग गर्ने पैसा खुत्रुकेमा बचत गर्ने गरेका छन ।

जिल्लाको शारदा नगरपालीका ३ खलंगामा रहेको एम एम एकेडेमीले खुत्रुके बचत कार्यक्रम संचालन गरेंपछि बालबालीकाहरुले आफुले खाजा खाने पैसा बचाएर खुत्रुकेमा जम्मा गर्न थालेका हुन । बालबालिकाले खाजा खाने पैसाबाट बचाएर ३७ हजार बढी बचत गरेका छन् ।

उनिहरुले खाजा खाने पैसाबाट बचाएर ३७ हजार, २ सय,१४ रुपैयाँ बचत गरेको विद्यालयले जनाएको छ । विद्यालयले खुत्रुके बचत कार्यक्र संचालन गरपछि उनिहरुले दैनिक खाजा खान ल्याएको पैसा बचाएर खुत्रेकेमा बचत गर्ने गरेका छन ।

यो कार्यक्र सुरु भए देखि आफुले आमा बुवाले खाजा खान दिएको पैसा दैनिक खुत्रेकेमा जम्मा गर्ने गरेको कक्षा ४ मा अध्यानरत रितिका श्रेष्ठले बताईन ।
महिना दिन सम्म जम्मा गरेको पैसा खुत्रुके खोल्दा एक हजार ३ सय जम्मा हुदा आफुलाई खुसि लागेको उनले बताई ।

विद्यालयका बालबालीकाले दिउँसो खाजाखान लगेको पैसा विद्यालयमा रहेको खुत्रुकीमा बचत गर्न थालेपछि करिब ६ महिनाको अवधिमा ३२ हजार बढी रकम संकलन भएको विद्यालयका एकेडेमीका संचालक महेश देवकोटाले बताए ।

बिधार्थीहरुलाई आगामी दिनहरुमा आर्थिक रुपमा सहयोग होस भन्ने उदेश्यले चेतना सामाजीक उधमी सहकारी सस्था खलंगा सल्यान र उक्त बिद्यालयको संयुक्त आयोजनामा संचालीत खुत्रुके बचतमा कार्यक्रममा बालबालीकाले खाजा खान ल्याएको पैसा बाट आ– आफ्नो नामको खुत्रुकेमा जम्मा गर्ने गरेको संचाल महेश देबकोटाले बताए ।

बिधार्थीहरुको भाबि दिनहरुमा आत्मानिर्भर तथा सामान्य खर्चमा पनि घरपरिवारको भर नपरुन र आफुले बचत गरेको पैसा आफुले नै कामका निम्ती प्रयोग गरुन भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरेको उनले बताए । करिब ४ सय जना बिधार्थी रहेको उक्त स्कुलमा अहिले आफनो ईच्छा अनुसार करिब १ सय ८ जना बिधार्थीले बचत गर्दै आईरहेको बताए ।

बचत गर्न चाहने बालबालीकाहरुले बचत गरी चेतना बचत तथा रिन सहकारी सस्थामा उनिहरुकै नाममा खाता खोली खुत्रुकेमा जम्मा भएको पैसा १० प्रतिशत ब्यजदरमा त्यसमा जम्मा गरिदिने गरेका उनले बताए ।

उनले भने, बालबालीकाले घरपरिवार बाट खाजा खाने भनेर पैसा ल्याउछन जंगफुड खाएर सबै सकाउछौ, अनाबश्यक ढङगले पैसा खर्च गर्ने गर्छन, त्यसलाई पनि नियन्त्रण गर्ने हेतुले हामीले यो कार्यक्रम लागु गरेका हौ ।  जिल्लाको पहिलो बिद्लयको रुपमा नै आफुहरुले यो कार्यक्रम सुरु गरेको संचालक देबकोटाले बताए ।

बालबालीको पनि बचत गर्ने बानीको बिकास होस, घरबाट ल्याएको पैसा फजुल खर्च नगरुन भोलीका दिनमा आत्मानिर्भर बनुन भनेर बिदया्लयले जिल्लामै पहिलो यो कार्यक्रम संचालन गरेको उनले बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार