• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान शारदा नगरप्रमुख सुरेश अधिकारी “मतदाता बिच मेयर” कार्यक्रम लिएर गाउँमा पुगेपछि…


फागुन ९, सल्यान ।

सल्यान शारदा नगरपालिकामा नगरप्रमुख सुरेश अधिकारीले “मतदाता बिच मेयर” कार्यक्रम लिएर गाउँगाउँमा पुगेका छन् ।

सो कार्यक्रम अन्तर्गत बिहीबार मेयर अधिकारी नगरको वडा नम्बर २, ३ ८ र १० का विभिन्न स्थानहरुमा मतदातासँग भेटघाट तथ विकास योजनाहरुको अनुगमन गरेका छन् । जसअन्तर्गत वडा नम्बर ३ का विभिन्न सडकहरु र मेसेनरी वालहरुको अनुगमन गरिएको मेयरका प्रेस सल्लाहाकार यादव उपाध्याले जानकारी दिएका छन् ।

उनका अनुसार वडा नम्बर ८ का विभिन्न सडकहरु र स्थानीय मा.वि.को अनुगमन गरिएको छ । वडा नम्बर १० स्थित मदाना–जलुके सडक निर्माण कार्यको पनि मेयर अधिकारीले अनुगमन गरेका छन् ।

अनुगमन गरिएका यी ठाउँहरुमा सडक र वालहरुको निर्माण स्टिमेट अनुसार सम्पन्न नभएको देखिएकाले पुनह काम गराउन मेयरले निर्देशन दिएका छन् । अझै काम पुरा नभए रकम भुक्तानी रोक्न पनि इन्जिनियरलाई निर्देशन दिइएको प्रेस सल्लाहाकार उपाध्याले बताए ।

त्यसैगरी मार्के स्थित मा.वि.मा शिक्षकहरु अनुपस्थित रहेको, स्कुल आएर पनि हाजिर नगरेको र विद्यार्थीहरु चौर र सडकमा खेलिरहेको अवस्था देखिएकोले नगरप्रमुख द्वारा शिक्षकहरुलाई पठनपाठन सुधार्न निर्देशन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार