• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

अबको ३ बर्ष भित्र सबै सल्यानी जनताको घरमा बिजुली पुग्छ : मन्त्री ज्वाला


फागुन ९, सल्यान ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अब ३ बर्षभित्र सल्यानका सबै जनताको घरमा बिजुली बत्ती पुग्ने बताएका छन् ।

तन्नेरी चासो सुर्खेतको कार्यक्रम हाम्रो प्रश्नमा बोल्दै मन्त्री ज्वालाले उज्यालो सल्यानको कार्यक्रम अगाडि बडिरहेको बताएका हुन् । उनले १५ करोड केन्द्र सरकारको, ४ करोड प्रदेश सरकारको र ७ करोड स्थानिय तहहरुको गरी करिब २६ करोड जति बजेट विद्युतमा छुट्याइएको बताए ।

उनले यसपटक सल्यान जिल्लाका अधिकांस ठाउँहरुमा बजुली बत्ती बाल्न सकिने पनि बताएका छन् । काम गर्दागर्दै नसकिएको ठाउँमा अर्काे सालमा पुग्ने र ढिलामा तीन वर्षसम्म सल्यानका सबै ठाउँमा विद्युत पुग्ने उनले बताएका छन् ।

सल्यान प्रदेश सभा ख का सांसद समेत रहेका मन्त्री ज्वालाले सल्यानको राप्ती राजमार्गलाई पुननिर्माण गर्नेगरी कार्यपत्र प्रारम्भ भएको बताएका छन् । त्यसका लागी ४९ करोडको रकम बिनियोजन भइसकेको उनले बताए ।

त्यस्तै सल्यानबाट प्रदेश राजधानी जोड्ने सडकलाई स्तरोन्नती गर्ने र त्यसअन्तर्गत खलङगा–कुपिन्डे हुँदै सुर्खेत जोड्ने १८ किलोमिटर कालोपत्रे हुँदै गरेको उनले जानकारी गराएका छन् । बाँकि काम पनि अगाडि बढिरहेको र यसबर्षबा त्यस सडकलाई पुर्णता दिएर सल्यान–सुर्खेत सहज रुपमा जोड्न उनले बताए ।

अर्काे बैकल्पिक सुर्खेत जोड्ने सडक त्रिवेणी गाउँपालिकाको लुहाम देखि काभ्रा हुदैँ कालिमाटिबाट भएको उनले बताएका छन् । त्यसका लागी यसपटक केन्द्रबाट करिब ४ करोड र प्रदेशबाट पनि करिब ४ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।

त्यस्तै अर्काे सडकको रुपमा खलंगाबाट कालिमाटि हुदैँ कोहलपुर जोड्ने छोटो रुट भएको उनले बताए । यहाँ ४ करोड रकम विनियोजन गरिएको उनको भनाई छ । त्यसको लागी डिपिआर तयार पारेर सडकलाई प्रदेश महत्वको बाटोको रुपमा अगाडि बढाउँने उनले बताए ।

हेर्नुहोस् मन्त्री ज्वाला सँगको कुराकानी

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार