फागुन १०, सल्यान ।
कार्यक्रममा बोल्न नदिएको भन्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले सल्यानमा एउटा कार्यक्रम बहिस्कार गरेका छन् ।
शुक्रबार सल्यान शितलपाटीमा भएको ३३ केवी सवस्टेशन कार्यक्रमममा आफुलाई मन्तव्य राख्न नदिएको भन्दै उनले कार्यक्रम स्थलबाट बाहीरिएका छन् । कार्यक्रमको आयोजना नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा सल्यानले गरेको थियो । सरकारी कार्यालयले राजनितीक आग्रह पुर्वआग्रहमा मन्तव्य राख्न लगाएको उनले आरोप लगाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी संघिय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन रहेका थिए । सल्यान प्रतिनिधी सभाका सांसद टेक बहादुर बस्नेत, प्रदेश सांसद प्रकाश ज्वाला र गुलावजंग शाह कार्यक्रमका बिशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रममा शारदा नगरप्रमुख सुरेश अधिकारीलाई बोल्न लगाएपछि सिधै प्रदेश सांसदलाई बोल्न दिएर जिल्ला समन्वय समितीको अपमान गरेको प्रमुख विष्टले आरोप लगाएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले भने– “जिल्लाको जिम्मेवार निकायको बेवास्ता गरेर आयोजकले अरुलाई बोल्न दियो । मन्त्रीको स्वागतका लागी म धेरै बेर लाइनमा बसे, खानै नखाएर १२ बजेसम्म खाली पेट बसे, तर त्यहाँ हाम्रो अपमान भयो ।”
आफ्नो अपमान हुनेगरी अरुलाई बोल्न दिएपछि आफुहरु कार्यक्रम स्थलबाट बाहिरीएको उनले बताएका छन् ।