• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

काँग्रेसको भन्दा पनि ओलीको सरकारले देशलाई झनै खतम बनायो : असल क्षेत्री


फागुन १०, सल्यान ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य असल क्षत्रीले केपी ओलीको अहिलेको सरकार विगतको काँग्रेसभन्दा पनि खतम भएको बताएका छन् ।

नेकपाको संगठन सुदृढिकरण तथा विस्तार अभियान–२ अन्तरगत जाजरकोट छेडागाड नगरपालिका वडा नम्बर १२ कार्कीगाउँमा शुक्रबार भएको कोणसभालाई सम्बोधन गर्दै नेता क्षत्रीले देशलाई पहिले काँग्रेसले लुटेको र अहिले त्यसको चार गुनाभन्दा बढी केपी–प्रचण्डले लुटेको आरोप लगाए । उनले जनतामाथी अहिलेको सरकारले करको भार थुपारेर हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार गरेको आरोप लगाए ।

सरकार फाँसिबादतिर उन्मुख भइरहेको उनले बताए । अब भष्टाचार गर्नेलाई गाउँगाउँबाट जनता र आफ्नो पार्टीले लखेट्ने उनले चेतावनी दिएका छ ।

देशलाई खोक्रो बनाउनमा एनजीओ, आइएनजीओ ले गरेको भन्दै उनले त्यसलाई पनि गाउँगाउँबाट लखेट्नुपर्ने बताए । उनले डलरको प्रलोभनमा विभिन्न धर्म परिवर्तन भइरहेको समेत बताएका छन् ।

कार्यक्रमको सन्चालन नेकपा जाजरकोटका सदस्य दिप लामाले गरेका थिए । कोणसभामा भेरी व्युरो सदस्य निलम लगाएतको उपस्थिती रहेको थियो । अभियान फागुनको अन्तीम सातासम्म संचालन हुने नेकपा जाजरकोटले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार