• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यान निवासी नेकपाका केन्द्रीय सदस्य बन्धु चन्द गिरफ्तार


फागुन ११, सल्यान ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले विनाकारण गिरफ्तार गरेको छ ।

अछामको विनायकबाट शनिबार दिउँसो साढे २ बजेतिर विनाकारण प्रहरीले गिरफ्तार गरेकाे त्यहाबाट तपेन्द्र शाहीले बताए । देशभर संगठन सुदृढ तथा विस्तार अभियानमा लागिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी त्यहीँ अभियानकै शिलशिलामा बन्धु चन्दले अछाममा नेतृत्व गरिरहेकी थिइन् ।

सल्यानकाे दार्मा गाउँपालिका घर भएकी चन्द यस अघि २०७४ जेठ २४ गते प्युठानबाट पनि विनाकारण पक्राउ परेकी थिइन् । अहिले उनलाइ अछामको मंगलसेन जिल्ला प्रहरी कार्यालयमा लगिएकाे छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ११ गते शनिवार