• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानको रेडियो शारदाले वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने


फागुन ११, सल्यान ।

सल्यानको रेडियो शारदा एफएमले वार्षिकोत्सव कार्यक्रमको अवसरमा सामुदायिक रेडियोको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

फागुन १२ गते आइतबार रेडियो शारदा एफएम ९९.२ मेगाहर्जले १० वर्ष पुरा भई ११ वर्षमा प्रवेश गर्न लागेको अवसरमा अन्तरक्रिया गर्न लागेको हो । नेपाल पत्रकार महासंघ सल्यानको सभाहल खलंगामा विहान साढे ११ बजे अन्तरक्रिया हुनेभएकाले उपस्थितीको लागी सबैलाई अनुरोध गरिएको रेडियोका अध्यक्ष प्रतिक इच्छुक शर्माले बताए ।

ग्रामिण विकास सञ्चार केन्द्र द्धारा सञ्चालित रेडियो शारदाले परिवर्तन र शान्तिको आवाज भन्ने नारालाई आत्मसाथ गर्दै बिहान ५ बजेदेखि राती १० बजेसम्म प्रशारण हुने गर्दछ । पत्रकारिताको माध्यमवाट समाजीक रुपान्तरणमा रेडियो शारदाले पनि महत्वपुर्ण योगदान पुर्याएको देखिन्छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ११ गते शनिवार