• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

गएराती सल्यानको थारमारेमा एकैसाथ विद्यालय र कोल्ड स्टोरमा चोरी


फागुन १२, सल्यान  ।

सल्यानमा एक विद्यालयको चमेना गृह र एउटा कोल्ड स्टोरमा एकैसाथ चोरी भएको छ ।

जिल्लाको बागचौर नगरपालिका २ थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक विद्यालयको चमेना गृह (क्यान्टिन) र थारमारे बजारको तुल्सी कोल्ड स्टोरमा एकैसाथ गएराती चोरी भएको हो । जनकल्याण नमुना माध्यमिक विद्यालयको चमेना गृहको साढे ४ हजार भन्दा धेरै सामान चोरी भएको प्रधानध्यापन पूर्ण भण्डारी पंकजले लेकाली अनलाइनलाई बताए ।

उनका अनुसार त्यहाँ चाउमिन २ पोका, चना ८ किलो, अण्डा १ गथा, केराउ ३ किलो, तिल १.५ किलो, चक्लेट ३ पोका, नुन १ पोका, जुस १ डिब्बा चोरी भएको छ । क्यान्टिनमा तोडफोड गरिएको छ भने विद्यालयको सबै ताला चाबी पनि चोरी भएको प्रअ भण्डारीले बताए ।

त्यसैगरी थारमारे बजारको तुल्सी कोल्ड स्टोरबाट ४५ हजारभन्दा धेरैको सामान चोरी भएको प्रहरीले बताएको छ । यहाँबाट रुस्लान ४ बोतल, मदिरा ४ बोतल, ब्लु डाईमण्ड १२ पिस, ब्ल्याक लेभल १ बोतल, पासपोर्ट १ बोतल, स्मोज मदिरा आधा गथा, बदाम जुस ४ डिब्बा, भर्जिन ३ पिस, ट्रेजर ४ बोतल, कोसेली मदिरा ४ बोतल चोरी भएको छ ।

अहिले चोरीको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय थारमारले जनाएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार