फागुन १२, सल्यान ।
सल्यानको रेडियो शारदा एफएमले आज ११ वर्षमा प्रवेश गरेको अवसरमा १० औँ वार्षिकोत्सव समारोह कार्यक्रम गरेको छ । २०६५ फागुन १२ गतेदेखि प्रशारण प्रारम्भ गरेको रेडियो शारदा एफएम ९९.२ मेगाहर्जले अन्तरक्रिया कार्यक्रम मार्फत वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले रेडियोले समाज रुपान्तरणमा भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । देश संघियतामा गएकोले रेडियोले पनि त्यही अनुसारको कार्यक्रमहरु उत्पादन गर्नुपर्नमा केहीले जोड दिएका छन् । उनिहरुले सल्यानमा मिडिया र स्थानीय तहको सम्बन्ध टाढा भएको पनि औँल्यायका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले समय अनुसारको रेडियोले कार्यक्रम उत्पादन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहलाई घच्घच्याउन र त्यहाँ हुने नराम्रा कुराहरु बाहिर ल्याउन पत्रकारहरुको भुमिका हुनुपर्ने बताएका छन् ।
जनतालाई सभ्य र परिवर्तनशिल बनाउन त्यही किसिमका कार्यक्रमहरु उत्पादन गर्नुपर्ने उनले बताए । जनचेतनामुल कार्यक्रमको लागी सामुदायीक रेडियोलाई विज्ञापन उत्पादनमा स्थानीय तहले सहयोग पनि गर्नुपर्ने उनले बताएका छन ।
कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले सामुदायीक रेडियोहरु जागरुक भएर लाग्नुपर्ने बताएका छन् । उनले स्थानीय तहले सबै रेडियोहरुलाई सहयोग गर्ने भन्दै जनसेचनामुलक कार्यक्रमहरु उत्पादन हुनुपर्ने बताए ।
त्यसैगरी छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले सबै जनप्रतिनिधीका कामहरुलाई पत्रकारले घच्घच्याउनुपर्ने बताए । उनले सत्य, तथ्य खोजेर पत्रकारले नडराएर समाचार सम्प्रेसन गर्नुपर्ने बताए ।
सल्यानका सबै जनप्रतिनिधीहरुको सम्पती सार्वनजिक हुनुपर्ने उनले बताए । त्यसतर्फ मिडियाले चासो दिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायन लामिछाने, जिल्ला प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाही लगाएत पत्रकारहरु सहभागीता रहेको थियो । रेडियो संचालक संस्थाका सचिव दिपक शर्माले संचालन गरेको कार्यक्रमको सभाअध्यक्षता संस्थाका अध्यक्ष तथा रेडियोका स्टेशन म्यानेजर प्रतिक इच्छुक शर्माले गरेका थिए ।
नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष समेत रहेका प्रतिक इच्छुक शर्माले सल्यानको पत्रकारिता स्वस्छ मर्यादामा रहेको बताएका छन् । उनले अहिलेसम्म पत्रकारले आचारसंहित र आफ्नो धर्म अनुसार काम गरेको भन्दै कुनै पनि स्थानीय तहले पत्रकारलाई किन्न नहुने बताएका छन् ।
आगामी दिनमा पनि पत्रकारले जनपक्षीय पत्रकारी नै गर्ने भन्दै उनले बढ्दो भ्रष्टाचारी र व्यथीतीलाई पनि पत्रकारले बाहिर ल्यानउ अहम भुमिका खेल्ने बताएका छन् ।