• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको बागचौरमा घरेलु मदिरा नस्ट गरियाे


फागुन १२, सल्यान ।

सल्यानको बागचौरमा बरामद गरिएको अबैध घरेलु मदिरा नस्ट गरिएको छ ।

ईलाका प्रशासन कार्यालय बागचौर र ईलाका प्रहरी कार्यालय थारमारे बाट खटिएको टोलीले यहीँ फागुन ९ गते बागचौर नगरपालिका वडा नम्बर २ को खरिबोट, बागचौर, थारमारेका विभिन्न होटलहरुमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा अबैध रूपमा उत्पादन तथा बिक्री बितरण भईरहेको ५० लिटर घरेलुु मदिरा बरामद गरी ईलाका प्रहरी कार्यालय थारमारेमा राखिएको थियो ।

बरामद गरिएको मदिरा आइतबार बनपा वडा नं. २ का वडा अध्यक्ष घनश्याम शर्मा, ईलाका प्रशासन कार्यालय बागचौरका प्रमुख चिन्तामणी रेग्मी, ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बादी, प्राथमिक स्वास्थ केन्द्र थारमारेका प्रमुख त्रिभुवन भट्टराई, थारमारे बजार ब्यवस्थापन समिति अध्यक्ष खल बहादुर बुढाथोकी, बागचौर बजार ब्यवस्थापन समिति अध्यक्ष हरि लाल डि.सी खरिबोट बजार ब्यवस्थापन समिति अध्यक्ष खुम बहादुर बस्नेत,

नेपाली कांग्रेसका नेता गोरख के.सी, राप्रपाका नेता टोप बहादुर के.सी, ईलाका प्रशासन कार्यालयका लेखराज के.सी, पत्रकार श्रवण देवकोटा, स्थानीय भुपेन्द्र बस्नेत लगाएतको रोहेबरमा आज नस्ट गरिएको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार