• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान बागचौरको ब्राइट रोजल्याण्ड बोर्डिङले १२ औँ वार्षिकोत्सव मनायो


फागुन १२, सल्यान ।

सल्यानको बागचौरमा रहेको ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलले आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ ।

सल्यान जिल्ला क्षेत्र नम्बर १ को अगुवा सँस्थागत विध्यालय सहेको ब्राइट रोजल्याण्डले आइतबार वार्षिकोत्सव मनाएको हो । विद्यालयले आफ्नो स्थापना दिवस विगतको वर्षभन्दा फरक तरिकाले साँस्कृतिक एवम विविध कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बागचौर नगरपालिकाका प्रशासकीय अधिकृत भिष्मा कुमार मल्लले शुभकामना मन्तब्य दिदै निजि तथा आबासिय विद्यालयले सरकारी विद्यालयलाई गुणस्तरमा उछिनेको बताएका छन् । उनले निजि विद्यालय स्थानिय सरकारको मात्रै नभई नेपाल सरकारकारको सहयात्री पनि बनेको बताए ।

कार्यक्रमका बिशिस्ट अतिथी एवम प्याब्सन सल्यानका अध्यक्ष जित बहादुर भण्डारिले स्थानिय तह देखि सरकारले पनि विभेदकारी नीति नबनाई सबै विद्यालयलाई प्रतिसप्रधी बनाउन उनुरोध गरे । बानपा २ का वडा अध्यक्ष घनश्याम शर्माले निजि विद्यालयलाई अझै गुणस्तर कायम गर्दै अगाडि बड्न आग्रह गरे ।

कार्यक्रममा बागचौर नगरशिक्षा शाखा प्रमुख टेक बहादुर डिसी, जनकल्याण नमुना मावि का प्राचार्य पुर्ण बहादुर भन्डारी, नेकपा बागचौर नगर ईन्चार्ज हेमन्ता बुढाथोकी, नगरप्रमुख लोकमान बुढाथोकीका स्वकीय सचिव भुमप्रकाश भण्डारी, नेकपा बागचौर नगरपालिकाका कार्य समिति सचिव दिपेस डिसी लगाएतले आफ्नो शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

विद्यालयका प्रीन्सिपल एवम संचालक इन्द्र बहादुर भन्डारीले स्वागत मन्तव्यद्वारा स्वागत गर्दै बालबालिकाको उज्वल भविश्य निर्माणको लागि बिध्यालयले जुनसुकै कदम चाल्न पनि पछि नहटेको बताए ।

कार्यक्रममा विभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो । विभिन्न कार्यक्रमका विजेता विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका एम.डी. एवम सन्चालक रामचन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कोर्डिनेटर एवम सन्चालक खिमराज डिसी र अतिरिक्त क्रियाकलाप प्रमुख तारादेव शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १३ गते सोमवार