• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

रुकुममा विप्लव नेकपाका नेताले गरे जनवादी विवाह, बिहेमा लाग्ने सबै खर्च सामाजिक काममा


फागुन १३, सल्यान ।

विप्लव नेतृत्वको नेकपाका पुर्वी रुकुम सेक्रेटरी नरेन्द्र विकले जनबादी विबाह गरेका छन् ।

आइतबार सल्ले रुकुममा भएको जनसभा कार्यक्रममा नरेन्द्र र खोटाङ निवासी रिना राईले जनवादी (प्रगतीशिल) विबाह गरेका हुन् । उनले विबाहमा लाग्ने सबै खर्र्च विद्यालय र विद्यार्थीहरुलाई सहयोग गरेका छन् ।

विबाहमा लाग्ने गरगहना, भोजभतेर र नाचगान खर्चलाई विद्यालय र विद्यार्थीहरुलाई सहयोग गरेको नेकपाका केन्द्रीय सदस्य चिरन पुन मिलनले लेकाली अनलाइनलाई जानकारी दिए । उनका अनुसार नरेन्द्र र रिनाले साढे ५ लाख जति विद्यालय र विद्यार्थीहरुलाई सहयोग गरेका छन् ।

उनिहरुले रुकुमको सल्लेमा रहेको सरस्वती माविलाई पौने ३ लाख बराबरको सहयोग गरेका छन् । विद्यालयको भौतिक निर्माणको लागी १ लाख ५१ हजार नगद सहयोग गरिएको छ । विद्यालयको पुस्तकालयको लागी ५० बराबरको पुस्तक र विद्यार्थीको लागी ७६ हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेको केन्द्रीय सदस्य मिलनले बताए ।

त्यसैगरी रोल्पाको थबाङमा रहेको बिर बलभद्र माविलाई १ लाख नगद पनि सहयोग गरिएको छ । थबाङका जनयुद्वका सहिद दिर्घको छोरी चिजमाया घर्तिको उच्च शिक्षाको लागी ५० हजार नगद पनि नव दम्पत्यले सहयोग गरेका छन् ।

दाङ जिल्ला निवासी अपाङ्ग, असाय, गरिबी, जेहेन्दार विद्यार्थी हेम कुमारी पुनालाई पनि ५० हजार नगद सहयोग गरिएको छ । मुगु जिल्ला निवासी दलित तथा विपन्न विद्यार्थी बाल कृष्णा नेपालीलाई समेत नव दम्पत्यले ५० हजार सहयोग गरेका छन् ।

त्यस्तै सल्लेका ९ जना सरकारी शिक्षकहरुलाई विबाहमा सम्मान गरिएको थियो । सरस्वती माविका २ जना जेहेन्दार विद्यार्थीलाई छात्रावृती पनि नव दम्पत्यले सहयोग गरेका छन् ।

अरु विवाह भन्दा जनवादी विवाह राम्राे

यस्तो खालको जनवादी (प्रगतीशिल) विबाह यो क्षेत्रमा पहिलो भएको यहाँका स्थानीयहरुले बताएका छन् । यस्तो खालको बिवाह राम्रो हुने भन्दै स्थानीयहरुले बिहेको लागी गरिने खर्च गरिब दुखीलाई दिनुपर्ने बताएका छन् ।

वैज्ञानीक समाजवादी सांस्कृतीको जगेर्ना गर्न र पुजिवादी सास्ंकृतीको अन्य गर्न आफुले यस्तो विबाह गरेको दुलाह नरेन्द्रले प्रतृक्रिया दिएका छन् । उनले देशमा अहिले छाडा सांस्कृती भित्रीएको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताए ।

नेकपाका केन्द्रीय सदस्य मिलनले जनयद्वमा यस्तो विबाह गरिने गरेको बताए । उनले पैसा नहुनेहरुका लागी पनि यस्तो विबाह प्रभावकारी हुने दावी गरे । गरगहना र धुल धामले बिहे गर्नुभन्दा जनवादी विबाह गर्नुपर्ने उनको भनाई छ ।

संगठन विस्तार जारी

यसैबिच नेकपाको संगठन सुदृढिकरण तथा विस्तार अभियान अन्तरगत रुकुमको विभिन्न ठाउँमा संगठन निर्माण गरिएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका ६ मा दोर्न सेक्रेटरी रहेको ७ सदस्यीय वडा कमिटी बनेको छ । यहाँ सुशिला विक संयोजक रहेको ११ सदस्यीय महिलाको मानाकोट इकाइ, सन्देश बोहरा संयोजक रहेको ३ सदस्यीय युवाको इकाइ, लक्ष्मन पुन संयोजक रहेको ३ युवाको इकाइ समिती बनाइएको नेकपाले जनाएको छ ।

चौरजहारी नगरपालिका ५ खुटिडाँडामा नेत्र शर्मा संयोजक रहेको ७ सदस्यीय युवाको इकाइ समिती पनि बनेको छ । यहाँ गौरी केसी संयोजक रहेको ९ सदस्यीय महिलाको इकाइ, रुपा डाँडी अध्यक्ष रहेको १३ सदस्यीय लहरे शिमल मावि समेत गठन गरेको नकपाले जनायो ।

हिम बहादुर खत्री संयोजक रहेको ५ सदस्यीय वडा नम्बर ५ को वडा समिती बनेको छ । निर्मला केसी संयोजक रहेको ७ सदस्यीय महिला समिती गठन भएको छ ।

आडबिसकोट नगरपालिका वडा नम्बर ७ दाजेमा बिरता मल्ल संयोजक रहेको ९ सदस्य महिलाको इकाइ, बिशाल बोहरा संयोजक रहेको ९ सदस्यीय युवाको इकाइ, मेतिराम बिक संयोजक रहेको ५ सदस्यीय किसानको इकाइ, देवी बुढा संयोजक रहेको ९ सदस्यीय महिलाको इकाइ पनि यहाँ गठन गरिएको छ

राडीबजारमा तारादेवी बादी संयोजक रहेको ९ सदस्यीय इकाइ समिती, दिपक केसी संयोजक रहेको ५ सदस्यीय उद्योग व्यापार सिमबजार इकाइ, केशर विक संयाजेक रहेको ५ सदस्यी युवाको सिमबजार इकाइ, अमृता विक संयोजक रहेको ९ सदस्यीय महिलाको इकाइ समिती पनि गठन गरेको नेकपा रुकुमले जनाएको छ ।

अभियानकै क्रममा सानोभेरी गाउँपालिका ९ हाँसिबाङमा जनसभा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालक प्रेम प्रशान्त बोहराले गरेका थिए भने सभाअध्यक्षता विस्नु ओलीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन पुर्व बिग्रेट कमाण्डर शिसिर र नेकपाका जिल्ला सचिवालय सदस्यीय मोतिराम खड्का रिक्सले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १३ गते सोमवार