• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यान कपुरकोटमा किसानहरुले माटो परिक्षण गराउँदै


फागुन १३, सल्यान ।

माटोको अवस्था विग्रन नदिन माटो परिक्षण अति आवश्यक रहेको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

माटोमा विउ छरे देखी बिरुवा हुर्किएर फल दिने बेला सम्म चाहिने सम्पुर्ण तत्वहरु बिरुवाले माटोबाटै लिने भएकाले माटोको अवस्था विग्रन नहुने र विग्रीएको भए सुधार गर्नुपर्ने कुरामा वक्ताहरुको जोड थियो ।

जिल्लाको कपुरकोट गाउँपालिकामा सोमबार देखि शुरु भएको निःशुल्क माटो परिक्षण शिविरको उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले कुनै पनि बाली लगाउनु अघि माटो परिक्षण गर्नुपर्ने बताए ।

कर्णाली प्रदेश अग्र्यानीक प्रदेशको रुपमा अघि बढिसकेको जनाउँदै उनले विषदी र रासायनीक मलको प्रयोग न्युनिकरण गर्दै माटो परिक्षण र माटो उपचार गर्नतर्फ किसानहरु सक्रिय भएर लाग्नुपर्ने बताए ।

पछिल्लो समय किसानहरु व्यवशायीक खेतीतर्फ अग्रसर रहेको तर प्राविधिकको सल्लाह विना नै विषादी प्रयोग गर्दा माटोको अवस्था विग्रीएको तथ्य गत वर्ष माटो परिक्षण गर्दा फेला परेको अध्यक्ष सेनले जनाए ।

कपुरकोट गाउापालिका र उन्नत कृषि केन्द्रको आयोजनामा सञ्चालन भएको शिविर बुधबार सम्म चल्ने छ । माटोको नमुना परिक्षणका लागी माटो परिक्षण प्रयोगशाला खजुरा बाँकेको विज्ञ टोलि सल्यान आएको छ ।

माटो परिक्षण पश्चात किसानलाइ त्यसको प्रतिवेदन दिइने माटो विज्ञ टंक कार्कीले जनाएका छन् । शिविरमा करिव ७ सय किसानले माटोको नमुना परिक्षण गराउने उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्माले जनाए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १३ गते सोमवार