• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

१५ वर्षपछि सल्यानमा फागुन महिनामा फेरी हिमपात


फागुन १४, सल्यान ।

सल्यान अग्ला ठाउँहरुमा फेरी गएराती हिमपात भएको छ । गएरातीको हिमपात सँग सल्यानमा यो वर्ष मात्रै ४ पटक हिमपात भएको छ ।

सल्यानमा यसभन्दा अघि पुस २३ गते, माघ १२ गते र माघ २६ गते हिमपात भएको थियो । माघ १२ र २६ गते सल्यानमा १२ बर्षयताकै सबैभन्दा ठुलो हिमपात भएको थियो ।

तर, फागुन महिनामा भएको यो हिमपात भने १५ वर्ष यताकै हो । १५ बर्ष पछि फागुन महिनामा हिमपात भएको छत्रेश्वरी गाउँपालिका १ बुँरासेका ७६ बर्षीय जोग्मान बस्नेतले लेकाली अनलाइनाई बताए । उनले भने– “२०६२ सालको चैत महिनामा हिउँ परेको हो, त्यसपछि कहिल्यै परेको थिएन, तर आज फागुन महिनामा पर्याे ।”

गएरातीको हिमपात यसबर्षको अन्य हिमपात भन्दा सानो रहेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाको बुराँसे, खर्सुबास, बागचौरको पातिहाल्न, बाफुखोला, कुमाख लेख, निगाल्चुला लेकमा हिमपात भएको छ ।

यसैबिच रोल्पाको सुकिदह (गंगादेव) गाउँपालिकामा पनि हिमपात भएको छ । गंगादेव अन्तर्गत पर्ने झ्याम, बडाढुंगा, मनिमारे, मंग्रा, नाउली, जलेखर्क, लोरिबैनी, घोप्टेओडार, मान्टा, पाखापानीमा हिमपात भएको त्यहाँका स्थानीयहरुले बताएका छन् ।

,र यी समाचार पनि 

फेरी सल्यानका धेरै ठाउँमा ठुलो हिमपात, (हेर्नुहोस् हिमाल जस्तै देखिने जिल्लाभरीका तस्बिर)

सल्यानमा १२ बर्षपछि सबैभन्दा ठुलो हिमपात, (हेर्नुहाेस् जिल्लाभरीका ५० तस्बिर)

सल्यान र रोल्पामा हिमपात

प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते मङ्गलवार