• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

“अहिलेको सरकार कम्युनिस्ट हैन्, कमाउनिस्ट हो”- केन्द्रीय सदस्य पुन


फागुन १४, सल्यान ।

नेकपाका केन्द्रीय सदस्य चिरण पुन मिलनले अहिलेको सरकार कम्युनिस्ट नभएर कमाउनिस्ट भएको बताए छन् ।

२२ अौँ बलिदान दिवसको अवसरमा सल्यानको बागचौरमा बोल्दै नेता पुनले वर्तमान कम्युनिस्ट सरकार कामाउ धन्दामा लागेको भन्दै कमाउनिस्टको संघ्या दिएका हुन् । उनले भने- “सर्वहारा व्यक्तिको नाममा राजनिती गरेर अहिलेका दलाल सरकारका ठेकेदारहरु पुजीवादीमा रमाएका छन् ।”

अहिलेको राज्यव्यवस्थाबाट जनताले कुनै सुखको अनुभुती नपाउने भन्दै उनले त्यसलाई फाल्नुपर्ने बताए । उनले त्यसलाई फाल्न अब एकीकृत जनक्रान्ति हुन बताए ।

उनले पहिलेको जस्तो जनयुद्ध नहुने भन्दै अब गाउँ र सहरमा एकैसाथ बम पट्किने बताए । हिजोका दिनमा भएको १० वर्षे जनयुद्ध सत्तालाई बुझाउनलाई नभएको भन्दै उनले अब त्यसको कार्यभार आफुले पूरा गर्ने बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते मङ्गलवार