• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा विप्लव निकट विद्यार्थीको अध्यक्षमा टंक, युवा संगठनमा अमृत


फागुन १५, सल्यान ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अखिल (क्रान्तिकारी) सल्यानको १८ औं जिल्ला सम्मेलन मंगलबार बागचौरमा सम्पन्न भएको छ ।

सम्मेलनले टंक प्रकाश केसीलाई पुनह अध्यक्षतामा चयन गर्दै २९ सदस्य कार्य समिति गठन गरेको छ । अपाध्यक्षतमा पुनह भिम वली चयन भएका छन् । सचिवमा गणेश आर्सी, सहसचिव खिमराज चलाउने र कोषाध्यक्षमा रोजेन्द्र खड्कालाई नयाँ चयन गरिएको छ ।

२२ औँ बलिदान दिवसका अवसरमा दिउँसो उद्घाटन भएको सम्मेलन राती सम्पन्न भएको हो । सम्मेलनमा संगठनको तर्फबाट केन्द्रीय महासचिव प्रकाश शाही सल्यान आएका थिए ।

बलिदान दिवसकै अवसरमा नेकपाकै भातृसंगठन युवा संगठन नेपाल सल्यानको पनि चौथों जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अमृत सुनारको अध्यक्षतमा २१ सदस्यीय समिती चयन गरेको छ ।

जसको उपाध्यक्षमा डम्बर चलाउने, सचिव खुमलाल केसी, सहसचिव सुरेश केसी, कोषाध्यक्ष लक्ष्मि नेपाली रहेका छन् । सम्मेलनमा संगठनको तर्फबाट केन्द्रीय महासचिव सागर पुनको सहभागी रहेको थियो ।

कार्यक्रममा सहिद परिवारहरुलाई सम्मान गरिएको थियो भने जलजला सांस्कृतिक परिवारको बेजोड प्रस्तुती रहेको थियो ।

प्रमुख अथितीको रुपमा नेकपाका केन्द्रीय सदस्य चिरन पुनले सम्बोधन गरेको कार्यक्रको सभाअध्यक्षता सल्यान जिल्ला इन्चार्ज विश्वले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले राखेका थिए भने जिल्ला सचिवालय सदस्य टाइगरले गरेका थिए ।

, र यो पनि

“अहिलेको सरकार कम्युनिस्ट हैन्, कमाउनिस्ट हो”- केन्द्रीय सदस्य पुन

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार