• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

कर्णालीका हिमाली जिल्लामा भारी हिमपात, परिक्षामा सहभागी हुन विद्यार्थीलाई समस्या


फागुन १५, जुम्ला ।

गएरातिदेखि कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ ।

कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पा लगाएका जिल्लामा हिमपात भएको छ । हिमपातका कारण विद्यार्थीहरुलाई समस्या देखिएको छ । भोली फागुन १६ गतेदेखि कर्णाली प्रदेशमा प्राबिधिक तथा व्यवसायी तालिम परिषद्ले शिभिल ओभरसियरको परिक्षा लिन लागेको थियोे ।

जसको रुटिङ यसअघिनै सार्बजनिक भैसकेको छ । तर हिमपातका कारण परिक्षामा सहभागी हुन विद्यार्थीलाई समस्या हुने देखिएको छ । हिमपातका कारण यो परीक्षा दिन निकै कष्ट हुने जुम्लाका विद्यार्थी चेनत भुसाल बताउछन् । परीक्षा बिहान ७ बजेदेखि छ ।

अर्का विद्यार्थी असोक आचार्यले चिसोका कारण धेरै विद्यार्थी असफल हुनेजस्तो देखिएको बताए । उनले भने- ” त्यसैत फागुन महिनामा जुम्लामा बाक्लो ज्याकेट लगाउनु पर्थ्यो, अझ यो हिमपातमा त झनै असर हुन्छ ।”

कर्णाली प्राबिधिक शिक्षालय प्रमुख आशा कुमारी श्रेष्ठले सधैंको बर्ष परीक्षा यसैसमयमा हुनेगरेपनि यो बर्ष हिमपात फागुनमा परेकाले विद्यार्थीलाई असर हुने देखिएको बताईन् । उनले कर्णाली प्राबिधिक शिक्षालय देशकै सबै भन्दा पहिलो शिक्षालय समेत रहेको बताइन् । उनले हिमपात भएपनि परीक्षा नरोकिने बताइन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार