• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

मन्त्री सवार हवाई १२ वर्षपछि फेरि दुर्घटना, १२ वर्षअघिकाे दुर्घटना यस्ताे छ ?


फागुन १५, काठमाण्डाैँ ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

यसअघि ताप्लेजुङको घुन्सामा २०६३ साल असोज ७ गते श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना भएको थियो । घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा डा. हर्क गुरुङ लगायत २४ जनाको निधन भएको थियो ।

त्यसवेला दुर्घटनामा तत्कालीन वन तथा भुसंरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार