• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

प्रत्यक्षदर्शीको बयान– “हेलिकप्टर भीरमा ठोक्किएर खस्यो, अनि बल्न थाल्यो”


फागुन १५, काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ । घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० सिस्नेमा पर्छ ।

प्रत्यक्षदर्शी जगत कार्कीले बताएअनुसार हेलिकप्टर सिस्ने भीरमा ठोक्किएर खसेको हो । उनले भने- “पहिले भीरमा ठोक्किएर खस्यो, अनि बल्न थाल्यो ।”

अहिले स्थानीयले आगो निभाइसकेका छन् । शव काठमाण्डाैँ ल्याउन कहेि समय लाग्ने गृह मन्त्रालयले जनाएकाे छ । घटनास्थलमा हेलिकप्टर पुग्न नसकिने भएकाले त्यहाँका बाट बव बाेकेर हेलिकप्टर अवतरन गर्न सकिने ठाउँमा ल्याउने गृहमन्त्रालयले बताएकाे छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार