• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

प्रत्यक्षदर्शीले भने- “मन्त्री ज्यू काे शव हामीले ओडार भित्रबाट निकाल्याैँ”


फागुन १५, काठमाडौं ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीकाे शव भिरकाे ओडार भित्र पसेकाे र त्यहाँबाट स्थानीयले निकालेका छन् ।

स्थानीय स्वास्थ्य चाैकीका प्रमुख उमानाथ पाैडेलका अनुसार ओडारभित्र मन्त्रीकाे शव फेला परेकाे थियाे । स्थानीयले मन्त्रीकाे शवलाइ बाहिर निकालेकाे उनले बताए ।

अन्यकाे शव जलेकाले पहिचान गर्न गाह्राे भएकाे तर मन्त्री अधिकारीकाे अनुहार नजलेकाेले पहिचान गर्न सकिने उनले बताए । उनले भने- “गाइबस्तु चराउने एकजना बृद्धले हेली आवाज सुनिएकाे खबर मलाइ गरेपछि हामफ त्यहाँ पुगेका थियाैँ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार