• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यान कुमाख गाउँपालिकाको विद्युत २ महिनामै लथालिङ्ग, करेन्ट लागेर एक बालक घाईते


फागुन १६, सल्यान ।

करिब दुई महिनाअघि सल्यानको कुमाख गाउँपालिकामा पहिलो पटक पुगेको बिजुली अहिले लथालिङ्ग अवस्थामा पुगेको छ ।

एक करोड बढी रकम खर्च गरेर कुमाख गाउँपालिकाले चौरजहारी क्षेत्रबाट विस्तार गरेको लाइन अहिले लथालिङ्ग भएको छ । गाउँपालिकाको केन्द्र रागेचौरसम्म पुगेको विद्युतको तार बिचभागको ठाउँठाउँमा लथालिङ्ग भएको हो ।

तार लथालिङ्ग हुँदा बिहीबार एकजना बालक करेन्ट लागेर घाईते भएका छन् । घाईते हुनेमा बनगाड कुपिन्डे नगरपालिकाको बामे घर भएका अन्दाजी ८ बर्षका नविन शर्मा रहेका छन् ।

उनि आफ्नो मामा घर कुमाख गाउँपालिका ४ थदरामा आएका थिए । त्यही खेल्ने क्रममा उनलाइ बिजुलीको पोलबाट लत्किएको तारले छुँदा करेन्ट लागेको उनका आफन्त गनेश आचार्यले लेकाली अनलाइनलाई बताए । उनको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

“यसरी भुई छुनेगरीनै पोल किन गाडेको ?” भन्ने लेकाली अनलाइनको प्रश्नको जवाफ दिदै कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले पहिले पोल राम्रो सँग गाडेको तर अहिले हावापानीले लत्किएको बताइन् । उनले बिजुली उद्घाटन गरेर सबै जिम्मा नेपाल विद्युत प्राधिकरण सल्यान शाखालाई दिइएको बताएन् ।

यता नेपाल विद्युत प्राधिकरण सल्यान शाखाका रामबाबु शाहले त्यसबारे आफुहरुलाई आधिकारीक कुरा नआएको तर त्यस्तो समस्या भए तत्काल कर्मचारी पठाउने बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले पोल गाड्दा कमजोरी नभएको तर हावाहुरी लाग्दा त्यस्तो समस्या आउने गरेको बताए ।

उनले उक्त ठाउँमा पटकपटक समस्या आउने गरेको भन्दै अब गाउँपालिका सँग समन्वय गरेर प्राधिकरणबाट कर्मचारी राख्ने बताए ।

सम्बन्धित यी समाचार

करोडाैँ लगातकाे सल्यान कुमाख गाउँपालिकाकाे बिजुली एक महिनामै बिग्रीयाे

सल्यानको कुमाख र दार्मा गाउँपालिकामा पहिलो पटक विजुली पुग्यो

प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते बिहिवार