फागुन १७, सल्यान ।
संसारकै तेज दिमाग भएका मेमोरी किङ्ग अर्पण शर्मा सल्यानको थारमारेमा आउने भएका छन् ।
अब्बल स्मरण शक्ति भएका गिनिज बुकमा नाम लेखाउन सफल तथा राष्ट्रिय युवा पुरस्कार २०७२ बाट सम्मानित अन्तर्रा्ष्ट्रिय प्रतिभा एबंम विश्व किर्तिमान कायम गर्न सफल मेमोरी किङ्ग अर्पण शर्मा प्रशिक्षण दिन सल्यानको थारमारेमा आउने भएका हुन् । उनि यहि फागुन २०, २१ र २२ गते आउने भएका छन् ।
बाबुराजा कम्प्युटर एण्ड इङ्लिस ल्याङगुइज इन्स्टिच्युट प्रा.लि ले ३ दिने स्मरण शक्ति अभिबृद्वि प्रशिक्षण कार्यक्रम राखेर उनलाई ल्याउन लागेको हो । प्रा.लि.का संचालक एबंम कार्यक्रमका आयोजक भोपेन्द्र बस्नेतले यो तालिम शिक्षक, बिद्यार्थी, लोक सेवा तयारी गर्ने, शिक्षा प्रेमी लगाएत सबैका लागि अत्यन्तै आवश्यक र लाभदायक रहने बताएका छन । कार्यक्रम जनकल्याण क्याम्पसको हलमा हुनेछ ।
अर्पण शर्मा द्वारा दिइने ज्ञान
१.स्मरण शक्ति १० गुणा सम्म बढाउने ।
२. पुरै वर्षको नेपाली क्यालेन्डर १ घण्टामा याद गरेर जुनसुकै महिनाको जुनसुकै बार केही सेकेन्ड भित्रै भन्न सक्ने टेक्निक, तथा कुन चाडपर्व, कुन महिनाको कति मितिमा छ भन्ने याद गर्ने वैज्ञानिक तरिका ।
३. एकाग्रता शक्ति एकदमै तेज बनाउने ।
४. शब्द, वाक्य, वाक्यांश, अनुछेद जस्ताको त्यस्तै याद गर्ने तथा पुरै किताब जस्ताको त्यस्तै याद गर्ने अदभूत तरिका ।
५. ध्यान गर्ने सजिलो तरिकाहरु ।
६. तिथि मिति र मोबाइल नम्बरहरु कहिल्यै नबिर्सने तरिका ।
७. लोकसेवा तयारी गर्नेहरुको लागि अत्यन्तै प्रभावकारी ।
८. प्रश्नको उतर एक पटक पढिसकेपछि सजिलै याद गर्ने तरिका ।
९. मस्तिष्कलाई शक्तिशाली बनाउने तथा टेन्सन बाट मुक्त हुने बैज्ञानिक र योगिक बिधिहरुको बारेमा प्रशिक्षण दिने बताईएको छ ।