• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

रुकुममा विप्लव नेकपाको अभियान जारी, ‘चमचम गर्ने खुकुरी’ले सबैको ध्यान तान्यो


फागुन १७, सल्यान ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम रुकुममा आफ्नो संगठन निर्माण तथा विस्तार अभियानलाई तिव्रता दिएको छ ।

अभियानका क्रममा जिल्लाको त्रिपेणी गाउँपालिका सिमरुतुमा शुक्रबार जनसभा भएको छ । जनसभालाई नेकपाका केन्द्रीय सदस्य मिलन, रुकुम जिल्ला इन्चार्ज अटल, पुर्व बिग्रेट कमाण्डर शिसिर लगाएतले सम्बोधन गरेका थिए । यो । सम्बोधनका क्रममा प्रमुख अथिती मिलनले अहिलेको राज्य सत्ता अब धेरै नटिक्ने बताएका छन् । उनले यो सत्ता दलाल र भष्टहरुले भरिएको आरोप लगाएका छन् ।

कार्यक्रमकाे संचालन प्रेम प्रशान्त बोहोराले गरेका थिए । गाउँपालिका सेक्रेटरी छबिलाल घर्तिमगरको सभाअध्यक्षतामा जनसभा सम्पन्न भएको हो ।

कार्यक्रममा सिस्ने जनसांस्कृतीक परिवारको सांगीतीक प्रस्तुती रहेको थियो । कार्यक्रममा चमचम गर्ने खुकुरी सान लाउने बेला भो बोलको गीतले जनमानसको ध्यान तानेको थियो । “सडेगलेको यो सत्ता ढल्छ पकै ढल्छ, क्रान्तिले आफ्नो बाटो आफै खन्दै जान्छ” जस्ता शब्द समेटिएको गीतको नृत्यलाई सबैले चासोपुर्वक हेरेका थिए ।

यसैबिच नेकपाले जिल्लाका विभिन्न ठाउँमा संगठन विस्तार पनि गरेको छ । आडबिसकोट नगरपालिका वडा नम्बर ११ गैरीगाउँमा अमृता चन्दको अध्यक्षतामा १५ सदस्यीय महिलाको इकाइ समिती बनाइएको छ ।

लक्ष्मण विकको संयोजकत्वमा ५ सदस्यीय युवाको पनि गैरीगाउँ इकाइ समिती बनाइएको छ । हर्क बहादुर ओलीको संयोजकत्वमा ५ सदस्यीय किसान, अमृत सेरपाईलीको संयोजकत्वमा ११ सदस्यीय युवाको इकाइ समिती पनि गठन गरेको नेकपा रुकुमले जनाएको छ । राजनी विक संयोजक रहेको ७ सलस्य महिलाको इकाइ समिती पनि यहाँ बनेको छ ।

वडा नम्बर १० को काफलचौरमा प्रेमराजको संयोजकत्वमा ९ सदस्यीय युवाको इकाइ कमिटी बनेको छ । दल बहादुर ओलीको संयोजकत्वमा ५ सदस्यीय किसान पनि बनाइएको छ ।

त्यस्तै सानोभेरी गाउँपालिका ३ मुलपानीमा रविन नकालको संयोजकत्वमा ५ सदस्यीय युवाको इकाइ, मुभा नकालको संयोजकत्वमा ५ सदस्यीय महिलाको इकाइ समेत बनाइएको छ । वडा नम्बर ४ को बलिबाङमा दल बहादुर ओली सेक्रेटरी रहेको ५ सदस्यीय वडा कमिटी पनि बनाइएको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार