• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान बाँफुखोलाबाट भारतको सिम्लासम्म सिधा बस संचालनमा आयो, भाडादर यस्तो ?


फागुन १८, सल्यान ।

सल्यानको बाँफुखोला देखी भारतको सिम्ला सम्म शुक्रवार देखि सिधा बस सेवा संचालन गरिएको छ ।

शुक्रबार पहिलो पटक सल्यान रुकुम यातायात ब्यवसायी समितिको ना ५ ख ७४०४ नम्बरको सुपर डिलक्स बस सल्यान देखी भारतको सिम्लाका लागी हिडेको छ । नियमित बस सेवाको उद्घाटन समितिका अध्यक्ष तथा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले रिबन काटेर गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले समयको माग र जनताको चाहानालाई मध्यनजर गर्द्वै पछील्लो समयमा सल्यान रुकुम यातायात ब्यवसाय समितिले सल्यान देखी भारतको सिम्ला सम्म यात्रुबाहक सुपर डिलक्स बस संचालन गरेको बताए । उनले आरामदायी तथा बिस्वस्नियता यात्राको लागी आफ्नो समितिले कुनै पनि कसर बाँकि नराख्ने बताए ।

यदि समितिको सेवामा कतै केहि कुराको कमि देखए समितिमा जानकारी गराउन यात्रुहरुलाई अनुरोध समेत उनले गर । उक्त सेवाले भारतको सिम्ला लगाएतका भुभाग र सल्यान, रुकुम, रोल्पा, दाङको सम्बन्धलाई नजिक गराएको बताए ।

प्रत्येक साताको शुक्रबार मध्यहण १२ बजे सल्यान, बाँफुखोलाको दोभान बजारबाट गाडी छुट्ने समितिका महासचिव अर्विन्द कुमार राईले बताए । लेकाली अनलाइन सँग कुरा गर्दै उनले बाफुखोलाबाट छुटेको बस सिम्ला पुगरे एक दिन बस्ने र सिम्लाबाट अन्य यात्रु बोकेर बाफुखोला फर्किने बताए ।

गाडी पहिलोपटक हिडेकाले सिम्लाबाट छुट्ने समय अहिले फिक्स नभएको उनले बताए । यात्रुको संख्या वृद्धि भएमा अर्को गाडी थप गरिने उनले लेकाली अनलाइनलाई बताए छन् ।

सल्यान बाँफुखोला देखी भारतको सिम्ला सम्म ३ हजार ८ सय २६ रुपैया भाडा समितिले निर्धारण गरेको डाइल इन्चार्ज सोभाकर थापा (सुनिल)ले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १८ गते शनिवार