• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यान दुर्घटनाका घाईते भन्छन्– “ड्राइभरले तिब्र गतिमा गाडी कुदाएर खोलामा गयाे” (भिडियो सहित)


फागुन १८, सल्यान ।

सल्यानमा सनिबार मध्यान्ह भएको फोर्स गाडी (हाइस) दुर्घटना परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम चौरहजारी नगरपालिका १२ का ७० वर्षिय झुपे ओली रहेका छन् ।

नेपालगंजबाट रुकुम सिलिङ्गेका लागी छुटेको भे १ ज १००२ नम्बरको गाडी बागचौर नगरपालिका १ कालाखेत नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परि १३ जना घाईते भएका छन् ।

घाईते ७ जनाको उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । ५ जनाको जिल्ला अस्पताल सल्यानमा र एकजनाको कान्तिपुर सामुदायीक अस्पताल श्रीनगरमा उपचार भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाईतेमध्यका जिल्ला अस्पतालमा उपचारार्थ रुकुम त्रिवेणी गाउँपालिका ४ का सेतिराम विकले चालकले तिव्र गतिमा गाडी कुदाएकाले दुर्घटना भएको बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले अगाडी गुडिरहेको बसलाई ओभरट्याग गर्दा दुर्घटना भएको बताए ।

उनले भने– “म दाङ देखि रुकुमको लागी गाडी चढेको हुँ, सल्यानको बरलासम्म राम्रै सँग आइपुगीउ, त्यहाँबाट अर्काे ड्राइभर च्यान्ज भएर गाडी स्पीडमा आयो ।” स्पीडकै कारणले गाडी दुर्घटना भएको उनले लेकाली अनलाइन सँगको कुराकानीमा बताएका छन् ।

त्यस्तै सल्यानक कुमाख गाउँपालिका ६ बढागाउँका चन्द्र प्रसाद शर्माले स्पीडमा गुडेको गाडीलाई ब्रिक लगाउदा पल्टीएको बताए । आफुभन्दा अगाडीको गाडीलाई ओभरट्याग गर्न खोज्दा स्पीडमा गएर घुम्ती क्रस गरिसकेपछि सिधै तल खोलामा पुगेको उनले बताए ।

गाडी सडकदेखि करिब ४० मिटरभन्दा धेरै तल शारदा नदिमा खसेको छ । अहिले गाडी चालक फरार रहेको र खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हेर्नुहोस् जिल्ला अस्पताल सल्यानमा उपचारार्थ घाईते र डाक्टरसँग गरिएको कुराकानी

र याे पनि

सल्यान गाडी दुर्घटना अवडेट : एकको मृत्यु, ७ जनालाई नेपालगन्ज रिफर (नामावली सहित)

Breaking : सल्यानमा हाइस पल्टीएर शारदा नदिमा खस्यो, १३ जना घाईते

प्रकाशित मिति : २०७५ फाल्गुन १८ गते शनिवार