• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङमा बसको ठक्करबाट लोपउन्मुख जनावर चितलको मृत्यु


फागुन १९, दाङ ।

दाङमा बसको ठक्करबाट लोपउन्मुख जनावर चितलको मृत्यु भएको छ ।

पूर्ब–पश्चिम लोकमार्ग अन्तर्गत लमही नगरपालिका ७ कमानपुरमा शनिबार साँझ ६ बजेतिर ठक्कर दिदा घटना स्थलमै चितलको मृत्यु भएको हो । जनकपुरबाट धनगढी तर्फ जादै गरेको ना ४ ख ५९११ नंम्बरको बसले जंगली जनावर चितललाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साथै चितल र बस चालकलाई ईलाका बन कार्यालय लमहीको जिम्मा लगाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसलाई प्रहरी चौकी सतवरियामा राखिएको छ । पछिल्लो समय चितल लोपउन्मुख जनावर मानिन्छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार