• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

महाशिवरात्रिमा सल्यानको छाँयाछेत्रमा भव्य मेला लाग्ने, यस्तो छ यहाँको आकर्षण ?


फागुन १९, सल्यान ।

सल्यानको छत्रेश्वरी शक्तिपिठ छाँयाक्षेत्रमा फागुन २० गते महाशिवरात्रीको दिन भव्य मेला लाग्ने भएको छ । मेलाको लागि आबश्यक पर्ने सम्पुर्ण तयारी पूरा भयको छत्रेश्वरी शक्तीपिठ क्षेत्र बिकास समितीले जनाएको छ ।

मन्दिरमा रङरोगन, सजावट, पार्किङ, बजार ब्यबस्थापन, खानेपानी, बिजुलीबत्ती, भक्तजनहरुको लागि भोजन, प्रसाद बितरन, सरसफाई, सुरक्षा ब्यबस्थापन लगाएतका काम पूरा भएको मन्दिर क्षेत्र विकास समितिका कोषाध्यक्ष मानबहादुर खड्काले बताएका छन् ।

मन्दिरमा जाने भक्तजनहरुलाई यातायातमा सहज होस भन्ने उद्देश्यका साथ छत्रेश्वरी गाउँपालिकाले बाटो चौडा समेत बनाएको छ । भक्तजनहरुलाई ईन्टरनेट चलाउनको लागि ईन्टरनेट सेवा प्रदायक कम्पनी मेटालिंकले फ्री वाईफाईको ब्यबस्था समेत गरेको छ ।

मन्दिरमा सत्य युगमा महादेवले सतिदेबीको मृत शरीर लाई बोकि ब्रमान्डको भ्रमण गराउने क्रममा सतिदेबिका बाकी रहेका सम्पुर्ण अङ्ग पतन भएको श्री स्वस्थानी ब्रतकथामा उल्लेख छ । साथै सो स्थानमा पिचाशेस्वर महादेब र छत्रेश्वरी भगवती प्रकट भएको पाईन्छ । छत्रेश्वरि शक्तिपिठ नेपालकै पशुबलि नचड्ने मन्दिरको रुपमा प्रचलित छ ।

यसरी दर्शन गर्न सकिन्छ छत्रेश्वरी पिठको…

शंखमुल

छत्रेश्वरी गाउँपलिका वडा नम्बर ६ मा अबस्थित राप्ती लोकमार्गमा पर्ने शंकमुल घोप्टे अम्राई देखि करिब ४०० मिटरको दुरिमा शारदा नदिको छेउमा शंख आकारको मुल र सानो आकारको मन्दिर पनि छ ।

मन्दिरमा पुग्ने भक्तजनहरुले त्यस मुलमा गई नुहाउने तथा जल छिटी शरीर चोखो गराउने गर्दछन । सतिदेबीका सम्पुर्ण अङ्ग पतन भई सकेपछी महादेबले त्यही मुलमा नुहाई कैलास पर्बत गयको धार्मिक किम्मदन्ती छ ।

अहिले सो मुलको छेउमा रहेको शारदा नदिमा अस्तु सेलाउने गरिन्छ । छत्रेश्वरी गाउँपालिकाले सो क्षेत्रमा नेपालकै ठूलो शंक स्थापना गरी पार्क बनाउन लागेको छ ।

 

पिचाशेस्वर महादेबको मन्दिर

श्ंखमुल देखि करिब ३ किलोमिटर अगाडि सो मन्दिर रहेको छ । सतिदेबिका बाँकी रहेका सम्पुर्ण अङ्ग पतन हुने क्रममा सो मन्दिरमा पिचाशेस्वर महादेब उत्पत्ति भएको पाईन्छ ।

 


छाँया ढुङ्गा

शंखमुल देखि ४ किलोमिटरको दुरिमा सो मन्दिर अबस्थित छ । महादेवले सतिदेबीको मृत शरीर लाई बोकि ब्रमान्डको भ्रमण गराउने क्रममा सतिदेबिका बाकी रहेका सम्पुर्ण अङ्ग त्यहि छाँया ढुङ्गामा पतन भएको हो । छाँया ढुङ्गा सिशा जस्तै टल्किने र वरिपरीका गाउँहरु देखिने गर्दथ्यो ।

 

छत्रेश्वरी भगवती मन्दिर

शंकखमुल देखि ४ किलोमिटरको दुरिमा सो मन्दिर अबस्थित छ । महादेवले सतिदेबीको मृत शरीर लाई बोकि ब्रमान्डको भ्रमण गराउने क्रममा सो मन्दिरमा छत्रेश्वरी भगवती उत्पती भएको पाईन्छ ।

मन्दिर शारदा नदि देखि १३ सय फिट उचाइमा रहेको एक थुम्कोमा अबस्थित छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार