• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

मेरि गोल्ड स्कुलले २२ औं वार्सीक उत्सव धुमधामका साथ मनायो


फागुन १९, दाङ ।

तुलसीपुर ७ श्रीगैमा रहेको मेरिगोल्ड बोडिङ स्कुले आफ्नो २२ औं वार्सिक उत्सव आज एक विशेष कार्यक्रमगरि मनाएको छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज बिश्वकर्माले स्वदेशमै बस्ने खालको व्यवहारीक शिक्षा दिनुपर्ने कुरामा जोड दिए । यस्तै बिधालयका प्राचार्य वासुदेव रिजालले स्कुलको प्रगति विवरण दिदै आगामी दिनमा मेरि गोल्ड बाटै उच्च शिक्षा दिने विषयमा छलफल भईरहेको बताए । उनले स्कुलले प्राविधिक शिक्षालाई जोड दिदै आएको बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई शैक्षिक हव बनाउने सवालमा लागीरहेको बताए  । पाण्डेले मेरि गोल्ड स्कुल नमुना स्कुल रहेको बताए ।

बिधालय व्यवस्थापन समितीका अध्यक्ष हरि रिजालको अध्यक्षता , तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज बिश्वकर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा रिपोर्टस क्लब प्रदेश नम्बर ५ का अध्यक्ष शरद रेग्मी , तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमाल , गोरखा ग्रुपका प्राचार्य बिजय जिएम, लगायतले बोलेका थिए । शिक्षक सोमराज बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयकि शिक्षिका रन्जना लामिछाने र पत्रकार एवम् शिक्षक शरद शर्मा मजगैयाले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार