• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङ सितलपुरमा बृहत् शिवरात्रि मेला हुने


फागुन १९, दाङ  ।

पाण्डव स्नान त्रिथ स्थल दाङकाे शितलपुर स्थित त्रिशिद्धेश्वार शिव मन्दिरमा महाशिवरात्रिकाे तयारी पूरा भएकाे छ ।

त्रिशिद्धयश्वर मन्दिर व्यवस्थापन समितिले शिवरात्रिकाे अबसरमा लाग्ने मेला र भक्तजनलाई पुजाकाे व्यवस्था मिलाएकाे छ । समिति र स्थानियकाे पहलमा मन्दिर परिसरमा सरसफाई पनि गरीएकाे छ ।

नेत्रेश्वर महादेवकाे उत्पति भएकाे यस स्थानमा शिव, गणेश, कृष्ण, राधा, भगवती, बज्रङ्गवली लगाए देवि देवताका मन्दिर रहेका छन् । सत्ययुगमा पाच पण्डवले विहारका क्रममा शितलपुर स्थित सर्यु नदिमा स्नान गरि शिव मन्दिर परिशरमा धुपदिप गरेकाे धार्मिक मान्यता रहि अाएकाे छ ।

यस शिव मन्दिर व्यवस्थापन समितिका स्थापक अध्यक्ष गेदबहादुर वलीले अाफ्नै अाखाले दिनकाे १२ वजे मन्दिर स्थापना गरेकै स्थान वाट सुर्य उदाएकाे देखे पछि मन्दिरकाे निर्माण गरीएकाे थियाे ।

यसरी उदाएकाे सुर्य नभै माहादेवकाे त्रिनेत्रेश्वर स्वरुप भएकाे भागवत अध्याता एवं पण्डित काेपल उपाध्यायकाे भनाई रहेकाे छ । यश पवित्र स्थानमा स्नान र पुजापाठ गर्नाले कैयन पाप पखालिने र पुन्य प्राप्त हुने धार्मिक मान्यता रहेकाे छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार