• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा हाईस गाडीले पैदल यात्रुलाई ठक्कर दिदा एक महिला घाईते


फागुन १९, दाङ ।

दाङमा हाईसको ठक्करबाट एक पैदल यात्रु गम्भीर घाईते भएका छन् ।

घोराहीबाट तुलसीपुर आउँदै गरेको बा २ ख ९८४१ नम्बरको हाईसको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी ७६ बर्षीया मोतिकला डाँगी गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर १८ बेलझुण्डीमा ठक्कर दिदा डाँगी गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

हाईस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार