• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको कुमाख लेकमा पुग्नलाई पदमार्ग निर्माण हुने, ५० लाख बजेट छुट्याइयो


फागुन २०, सल्यान ।

सल्यानको ‘कुमाख लेक’सम्म जोडने पदमार्ग निर्माण हुने भएको छ । जिल्लाको सिद्धकुमाख र कुमाख गाउपालिकाको मुख्य केन्द्रमा पर्ने अग्लो लेक ‘कुमाख लेक’को थानसम्म जोडने पदमार्ग निर्माण हुने भएको हो ।

सिद्ध गुफाको फेदि देखि कुमाख लेखको थान मन्दिरसम्म पदमार्ग निर्माण हुने भएको छ । कर्णाली प्रदेशको ५० लाख बजेटमा पदमार्ग निर्माण हुन लागेको सिद्ध कैलाश गुफा तथा थान कुमाख ब्यवस्थापन समितिले जानकारी दिएको छ ।

यसैबीच सोमबार गुफासम्म पुग्ने निर्माण भएको सिढी तथा पदमार्गको शिलन्यास गरिएको छ । सिद्धकुमाख गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष राम बहादुर बस्नेत, २ का रुद्र बहादुर बुढाथोकी, ३ का शालिकराम बुढाथोकि, ४ का दिनेश बिएम, गुफा ब्यवस्थापन समिती र स्थानीय लगायतले सिढी उद्घाटन तथा पदमार्गको शिलन्यास गरेका हुन् ।

लामो समय देखि ओझेलमा परेको यस गुफा तथा कुमाख थानमा प्रदेश सभा र सिद्धकुमाख गाउँपालिकाको संयुत्त अनुगमन बाट अब छिटो पदमार्ग निर्माण हुन लागेको कैलाश गुफा तथा थान ब्यवस्थापन समितिका उपाध्यक्ष दिपेस चलाउनेले बताए । गत आर्थिक बर्ष गाउपालिका बाट ९ लाख रुपैया बजेट बिनियोजन भएपछि सिढी निर्माण गरिएको उनले बताए ।

पदमार्ग निर्माण भएपछि यहाँको विकास सँगै पर्यटकिय स्थलहरुको विकास हुने, पर्यटनकहरु भित्र्याउन सकिने सिद्ध कुमाख गाउकार्यपालिकाका सदस्य मान बहादुर परियारले बताए । ओझेलमा परेको गुफाको लागि यहाँका बुद्धिजिबि स्थानीय लगाएतकाले संरक्षण गरेका थिए ।

गुफाको लागि स्थानीय तथा वडा नम्बर २ का सचिब कष्ण बहादुर चलाउनेले स्वर्गीय छोरी तिला कुमारी चलाउनेको सम्झनामा १ लाख ५१ हजार रुपैयामा तिला स्मृति प्रवेशद्वार निर्माण गरेका छन् । सिद्ध कैलाश गुफा तथा थानमा पुजा गरेपछि जे माग्यो सो पूरा हुने जनविस्वाश रहि आएको छ । कुमाख लेक बाट सल्यान लगाएत रुकुम, रोल्पा, दाङ, बाके, बर्दिया लगाएतका विभिन्न जिल्लाहरुको अबलोकन गर्न सकिन्छ ।

सिढी उदघाटन तथा पदमार्ग निर्माण कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष रुद्र बहादुर बुढाथोकिले यस पर्यटकिय क्षेत्रलाई विकास गर्न सबै लागि पर्ने बताए । गुफा तथा थानको लागी प्रचारप्रसार नपुगेकाले यस्ता सम्पदाहरुलाई विकास गर्न जरुरी रहेको उनले बताए । जसको लागि स्थानीय तह, प्रदेश सभा बाट अझै सहयोगको खाँचो रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार