• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारीद्वारा दाङको बंगलाचुलीमा पहिलो पटक रक्तदान


फगुन २१, दाङ ।

विप्लव निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन दाङले जिल्लाको बंगलाचुलीमा पहिलो पटक रक्तदान कार्यक्रम गरेको छ ।

क्रान्तिकारीले सोमबार बंगलाचुलीमा रहेको नेपाल रेड्क्रस सोसाइटी उपशाखा संग समन्वय गरि बंगलाचुली गाउँपालिका ३ काभ्रेको स्वास्थ चौकीमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान नै जीवन दान भन्ने मुल उद्वेश्यका साथ क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा आठ जनाले रक्तदान गरेका छन् ।

जसमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा नारायणी ब्युरो संयोजक मदन केसी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुशील परियार, पत्रकार जंग बहादुर रेउले, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेम बुढा, धन बहादुर परियार, तिलक बिक लगाएतले रक्तदान गरेका हुन् ।

अनौपचारिक कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुशील परियारले रक्तदान गर्ने र रक्तदानमा बिषेश सहयोग गर्ने नेपाल रेड्क्रस सोसाइटी दाङ शखा र उपशाखा बंगलाचुलीलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार