• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यान बस दुर्घटना अवडेट : २ काे नेपालगन्ज रिफर, २५ जनालाई घर पठाइयो (नामसहित)


सल्यान २२, फागुन ।

सल्यानमा भएको बस दुर्घटनामा घाईते भएका २ जनाको रिफर गरिएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ७ की २८ बर्षिया प्रतिमा बस्नेत बुढामगर र शारदा नगरपालिका १२ का ५० बर्षिय राजकुमार विकलाई पनि थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको हो । उनिहरुको सल्यानमा सामान्य उपचार पछि थप उचारको लागी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

त्यस्तै अन्य दुई जनाको श्रीनगरको कान्तिपुर सामुदायीक अस्पतालमा उपचार भैरहेको छ । जसमा बागचौर नगरपालिका वडा नम्बर ७ की ३० बर्षीया रिता शर्मा र वडा नम्बर ८ कोटमौलाका ३२ बर्षीय केशर विकको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट रुकुमका लागि छुटेको सिस्ने हिमाल यातायात प्रालिको ना ४ ख ५३६३ नम्बरको बस शारदा नगरपालिका १ चैवाङज्युला नजिकै आज बिहान साढेँ ८ बजेतीर दुर्घटना भएको थियो ।

बसमा सवार २९ जना रहेका थिए । दुर्घटनामा सबै सामान्य घाईते भएपछि अस्पतालमा भर्ना गरिएको थियो । तर २५ जनालाई सामान्य उपचारपछि घर पठाइएको कान्तिपुर सामुदायीक अस्पताल श्रीनगरका संचालक राम कृष्ण रेग्मीले लेकाली अनलाइनलाई बताए ।

घाईतेहरुका अनुसार गाडी कन्डक्टरले बस चलाएका कारण दुर्घटना भएको बताइएको छ । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाकाे अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

हेर्नुहाेस् घाइतेहरुकाे नाम लिस्ट

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार