• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

मजदुरीको लागी भारत गएका सल्याका २ जनाकाे मृत्यु


फागुन २२, फागुन ।

मजदुरीका लागी भारत गएका सल्यानका २ जनाको मृत्यु भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्र बन्गाड कुपिण्डे नगरपालिका वडा १ का २ जनाको मृत्यु भएको हो । नगरपालिकाको वडा नम्बर १ माल्पेगाउँका ६५ वर्षिया नन्द सिहं वुढा र वेलाखोलाका इमवहादुर नकालको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

भारतको गडुवालमा मजदुरीका लागि उनीहरु ३ महिना अघि गएका थिए । उनीहरुले गडुवालका छुट्टाछुट्टै स्थानमा मजदुरी गरिरहेका थिए ।

नकालकोे काम गरिरहेको समयमा ढुङ्घाले टाउकोमा चोट लागेर मृत्यु भएको हो । यस्तै वुढा काम गर्ने स्थान नजिकै मृत अवस्थामा फेला परेका थिए । वुढाको २ हप्ता अघि दाहसंस्कार गरिएको थियो भने नकालको मंगलबार अन्तिम संस्कार गरिएको छ ।

गाँउमा नै रोजगारीका अबशरहरु सिर्जना नहुदाँ यस क्षेत्रका मानिसहरु रोजगारीको खोजीमा भारतका बिभिन्न स्थानहरुमा पुग्ने गर्दछन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार