• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

विप्लव नेकपामाथि सरकार दमनमा उत्रियाे, कपिलबस्तुमा एक कार्यकर्तामाथि गाेली प्रहार


फागुन २३, काठमाडौं ।

विप्लव नेकपामाथि सरकार दमनमा उत्रिएकाे छ ।  कपिलबस्तुमा विप्लवका कार्यक्रतामाथि प्रहरीले गाेली चलाउदा एक कार्यकर्ता घाइते भएका छन् ।

शिवराज नगरपालिका ९ मा प्रहरीले गाेली चलाउदा दुर्गा बहादुर रोका घाइते भएका हुन् । रोकाको शिवराज नगरपालिका वडा नं. ९ तुरुन्तपुर स्थित उनकाे घरमा प्रहरीले छापा गरेर गाेली चलाएकाे हाे । उनकाे खुट्टामा गोली लागेका रोकालाई उपचारको लागि अंचल अस्पताल बुटवल लगिएको छ ।

यता प्रहरीले भने रोकाको घरबाट २ थान एएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको दाबी गरेकाे छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार