• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

विप्लव नेकपाका सल्यान जिल्ला सदस्य मदन केसी पक्राउ


फागुन २३, सल्यान ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य मदन केसी “वैज्ञानीक” पक्राउ परेका छन् ।

नेकपाले आज आह्वान गरेको राप्ती अञ्चल बन्दका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडकमा बन्द गर्दै हिडेको अवस्थामा श्रीनगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गिरीराज भण्डारीले लेकाली अनलाइनलाइ बताए ।

यता अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले सडकमा यात्रा गरिरहेको अबस्थामा पक्राउ परेको जनाएका छन् । उनले जिल्लाका पुर्व विद्यार्थी नेता समेत रहेका ‘वैज्ञानिक’लाई यथाशिघ्र रिहाइको माग गरेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार