• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा जारी प्रदेश स्तरीय खेलमा आज ८ ओटा जिल्लाले भलिबल खेले


फागुन २३, सल्यान ।

सल्यानमा जारी प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आज ८ ओटा जिल्लाले भलिबल खेल खेलेका छन् ।

कर्णाली खेलकुद परिषदको आयोजनामा सल्यान खलंगामा आजदेखि सुरु भएको भलिबल खेलमा प्रत्यक जिल्लाबाट एक–एक ओटा टिम सहभागी भएका छन् । आठओटा जिल्लाको ८ टिमले आज खेलेको लिग चरणको खेलमा ४ ओटाले जितेका छन् भने ४ ओटा पराजित भएका छन् ।

रुकुमसँग खेलेको सल्यानले रुकमलाई हराएको छ । सुर्खेतसँग खेलेको हुम्लाले पनि हारेको छ । दैलेख सँग खेलेको जाजरकोट पनि पराजित भएको छ । जुम्ला र कालिकोट बिचमा भएको खेलमा कालिकोटले जुम्लालाई लिग चरणमा हराएको छ ।

भोली बिहान ७ : ३० बजे मुगु र डोल्पा बिच खेल हुने भएको छ । खेलमा कर्णालीका १० जिल्ला सहभागी भएका छन् । खेल फागुन २६ गतेसम्म संचालन हुनेछ ।

यसैबिच खलंगामै प्रदेश स्थरीय टेबलटेनिस र वुद्धिचाल खेल पनि संचालन भैरहेको छ । प्रदेशभरीबाट भलिबलमा १२०, टेबलटेनिसमा ३२ र वुद्धिचालमा २३ जना खेलाडी रहनेछन् ।

यसपटकको प्रदेश स्तरीय खेलमा प्रथम, दितृय र तृतिय खेलाडीहरु छनोट गरिनेछ भने सिंगा ेकर्णालीका लागी एउटा उत्कृष्ट टिम छनोट गरिने बताइएको छ ।

याे पनि

सल्यानमा प्रदेश स्थरीय खेलकुद, १० ओटै जिल्लाका टिम सल्यान आइपुगे

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार