• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

मेरि गोल्ड स्कुलमा महिला दिवस मनाईयो


फागुन २४, दाङ ।

मेरीगोल्ड बोर्डिङ स्कुल तुलसीपुर ७ श्रीगैले आज एक कार्यक्रमकाबीच १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

बिद्यायालयका प्रिन्सिपल बासुदेब रिजालको सभापतित्व एबं बिद्यायलयकी शिक्षीका रन्जना लामीछानेको प्रमुख आथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शिक्षिका पुजा रिजालले अहिले पनि महिलाहरु हिंसामा परिरहेको र न्यायकोलागि आवाज उठाउन नसकिरहेको बताए ।

कार्यक्रममा बोल्दै शिक्षीका रस्मी बस्नेतले महिलाका लागि बनेका कानुनहरुको बारेमा दुरदराजमा रहेका ब्यक्तिहरुलाइ जानकारी दिन अबश्यक रहेकोमा जोड दिए । कक्षा १० मा अध्यनरत छात्रा लक्ष्मी रेग्मीले अहिले पनि आफुहरु असुरक्षीत भइरहेको हुदा सम्बन्धित निकायले यसप्रति ध्यान दिनु पर्ने बताए ।

सो अबसरमा उक्त बिद्यालयमा अध्यापन गराइरहेका शिक्षीकाहरुलाई सम्मान पत्र प्रदान गरिएको छ । कर्यक्रमको सहजिकरण शिक्षक सोमराज बस्नेतले गर्नु भएको शिक्षक बिपीन आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार