• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

विप्लव नेकपाका कार्यकर्ताले बझाङमा सांसदलाइ अपहरण गरे


बझाङ, २४ फागुन ।

बझाङ निर्वाचन क्षेत्र नं. ख बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् ।

तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेका हुन् । उनी बझाङस्थित बुगल नगरपालिकामा महिला भलिबल खेलकुद प्रतियोगिता उद्घाटनका लागि जाँदै थिइन् ।

त्यही क्रममा उनी अपहरणमा परेकी हुन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सांसद मल्ल अपहरणमा परेको पुष्टि गरेका छन् ।

प्रहरी हिरासतमा रहेकी नेकपा निकट महिला संगठन अनेमसंघ(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष बन्दु चन्दलाई पक्राउ गर्न सहयोग पुर्याएको र बलत्कारपछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मता पन्तको हत्याकाण्डको बिषयमा गलत अभिब्यक्ति दिएको आरोपमा सांसद मल्ललाई नेकपाले नियन्त्रणमा लिएकाे बुझिएकाे छ । अध्यक्ष चन्दलाई केहि समय अघि अछामबाट गिरफ्तार गरेको थियो ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार