• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

“कर्णालीको आफ्नै कानुन हुन्छ, सल्यानमा १६ करोडको कवड हल बन्छ”– मन्त्री ज्वाला


फानुग २४, सल्यान ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा आयोजना मन्त्री प्रकाश ज्वालाले अब प्रदेश सरकारले खेलकुदको आफ्नै कानुन बनाउने बताएका छन् ।

सल्यान खलंगामा हिजोदेखी सुरु भएको प्रथम कर्णाली प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले संघिय कानुन सँगै आफुहरुले खेलकुदमा प्रदेशको कानुन पनि बनाउने बताएका हुन् । उनले त्यसको लागी सबै कानुन तयार बनाएर संघिय सरकारमा पेस गरेको बताएका छन् ।

अब छिटै प्रदेश सभाबाट पनि उक्त कानुनको पास हुने उनले बताए । खेलकुदका लागी प्रदेश सरकारले बजेट पनि विनियोजन गरिएको उनले बताए ।

उनले सल्यानमा १६ करोडको लागतमा खेलकुद कवड हल बन्ने बताए । कर्णालीका १० ओटै जिल्लामा खेलकुदका कवड हल बन्ने भन्दै उनले सल्यानमा १६ करोडको हलको डिपीआर भैसकेको बताए ।

त्यस्तै फरक प्रसंगमा मन्त्री ज्वालाले कर्णाली प्रदेश नेपालकै धनि प्रदेश भएको दाबी गरेका छन् । उनले कर्णालीका प्राकृतीक तथा अर्गानीक बस्तु भएको भन्दै अन्य प्रदेशभन्दा कर्णाली धनि भएको बताए ।

उनले भने– “हामीलाई कसैले गरिब भनेर नहेपे हुन्छ, हामी अरुभन्दा धनि छौँ,” कर्णालीमा भएका बस्तुलाई प्रसोधन गर्न नसकिएको मात्रै उनले बताए । अब सबै बस्तु उपयोग गरेर कर्णालीलाई आर्थिकमा धनि बनाउने उनले बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार